काठमाडौं- न्युजिल्यान्डमा सम्पन्न दुई खेलको टेस्ट सिरिजको दोस्रो खेलमा पनि घरेलु टिमले जित निकाल्दै सिरिजमा क्लिन स्विप गरेको छ।
सोमबार सम्पन्न टेस्ट सिरिजमा घरेलु टिम न्युजिल्यान्डले वेस्ट इन्डिजलाई एक इनिङ र १२ रनले हराएको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ११४ ओभर खेल्दै ४६० रन बनाएको थियो।
४६१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ५६.४ ओभर खेल्दै पहिलो इनिङमा १३१ रन बनायो।
फलो अन पाएपछिको दोस्रो इनिङमा पनि ७९.१ ओभर खेल्दै ३१७ रन बनाएपछि एक इनिङ र १२ रनको पराजय भोगेको हो।
न्युजिल्यान्डको जितका लागि हेनरी निकोल्सले १७४ रनको शतकीय पारी खेले भने नेल वेग्नेरले अविजित रहँदै ६६ रनको अर्धशतकीय पारी खेले।
त्यस्तै, कप्तान टोम लाथमले २७ रन, टोम ब्लुन्डेलले १४, विल योङले ४३, बिजे वाट्लिङले ३०, डर्यल माइकलले ४२ र केलय ज्यामिसनले २० रन बनाए।
वेस्ट इन्डिजका लागि सन्नोन ग्याब्रियल र अल्जारी जोसेपले समान ३–३ विकेट लिए। साथै केमर होल्डर र रुस्तोन चेजले २–२ विकेट लिए।
जबाफी ब्याटिङमा आएको वेस्ट इन्डिजका जर्मिनाई ब्ल्याकवुडले ६९ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेन।
पहिलो इनिङमा घरेलु टिमका साउथी र ज्यामिसनले समान ५–५ विकेट लिए।
त्यस्तै फलो अनमा पाहुना टिमकै जोन क्याम्बेलले ६८ र जेसन होल्डरले ६१ रनको अर्धशतकीय पारी खेले। त्यस्तै, जोसुवा डा सिल्वाले पनि ५७ रनको अर्धशतकीय इनिङ खेले।
फलो अनमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टर र वेग्नरले समान ३–३ विकेट लिए भने साउथी र ज्यमिसनले २–२ विकेट लिए।
यसअघि सम्पन्न पहिलो टेस्टमा पनि आयोजक न्युजिल्यान्डले एक इनिङ र १३४ रनको जित निकालेको थियो।
घरेलु मैदानमा सम्पन्न पहिलो टी–२० शृंखलामा पनि आयोजकले २–०को जित निकालेको थियो भने तेस्रो खेल बराबरी भएको थियो।