आइतबार, असार २८, २०८३

रोनाल्डोको दुई गोलमा युभेन्टसको सहज जित

सन् २०१८ मा रियल मिड्रडबाट युभेन्टस पुगेपछि रोनाल्डोले इटालियन क्लबबाट सय खेल पूरा गरेका छन्।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– साविक विजेता युभेन्टसलाई सिरी ए को आइतबार राति सम्पन्न खेलमा जित दिलाउन  क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन्।

जेनोआको मैदानमा सम्पन्न खेलमा युभेन्टसले घरेलु टिमलाई ३–१ गोलले हराउँदै जित निकालेको हो।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा युभेन्टसले तीन गोल गरेको थियो।

खेलको ५७ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनी फरवार्ड पाउलो डिबललाले सुरुवाती अग्रता बनाए। तर ६१ औं मिनेटमै जेनोआका स्टेफेनो स्टुअर्टले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

बराबरीको अवस्थाबाट पेनाल्टीमा पाएको दुई अवसरलाई गोलमा बदल्दै स्ट्राइकर रोनाल्डोले दुई गोल गरे। उनले खेलको ७८ औं र ८९ औं मिनेटमा दुई गोल गरे।
यससँगै लिगमा छैटौं जित निकालेको पीएसजी ११ खेल खेल्दै चौथो स्थानमा छ। ऊ २७ अंक बनाएर शीर्षस्थानमा रहेको एसी मिलान भन्दा चार अंकले पछि छ।

युभेन्टसमा रोनाल्डोको सय खेल पूरा

सन् २०१८ मा रियल मिड्रडबाट युभेन्टस पुगेपछि रोनाल्डोले इटालियन क्लबबाट सय खेल पूरा गरेका छन्।

उनले सय खेल पूरा गर्ने क्रममा सिरी एमा ७१, च्याम्पियन्स लिगमा २१, कोपा इटालियामा ६ र सुपरकोपामा २ खेल खेलेका छन्। त्यस्ते उनले यी प्रतियोगितामा क्रमशः ६२, १४, २ र १ गोलसमेत गरिसकेका छन्।

युभेन्टसलाई उनले कुल ७९ गोल र १९ एसिस्टको योगदान दिएका छन्।
 

प्रकाशित: Dec 14, 2020| 01:45 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।