आइतबार, असार २८, २०८३

आफ्नै मैदानमा पीएसजी लियोनसँग पराजित, नेयमार चोटग्रस्त

पीएसजीको मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिमसँग नै १–० गोलको हार बेहोरेको हो।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं- फ्रेन्च लिग वान अन्तर्गत आइतबार रातिको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लियोनसँग पराजित भएको छ।

पीएसजीको मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिमसँग नै १–० गोलको हार बेहोरेको हो।

पीएसजीलाई हाराउन लियोनका टिनो काडेवेरेले निर्णायक गोल गरे। गोलका लागि लियोनका टोको एकाम्बीले पास उपलब्ध गराएका थिए।

यता साविक विजेता पीएसजीका फरवार्ड नेयमार घाइते भए। उनी इन्ज्युरी समयमा चोट बेहोर्दै मैदानमा लडेपछि बाहिर फर्कने इसारा गरेका थिए।

जसकारण उनलाई मैदानबाटै स्ट्रेचरमा बोकेर बाहिर ल्याउनु परेको थियो। उनको घुँडामा चोट लागेको टिमले बताएको छ।

नेयमार बाहिर गएसँगै रेफ्रीले लियोनका थियागो मेन्डेसलार्य सिधा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।

आइतबार रातिको खेलसँगै लिगमा पीएसजीले चौथो हार बेहोरेको छ भने लियोनले आठौं जित निकालेको छ। जितसँगै २९ अंक बनाएको लियोन दोस्रो स्थानमा छ भने एक अंक कम बनाएको पीएसजी तेस्रो स्थानमा छ।

त्यस्तै गएरातिको खेलमा शीर्षस्थानको लिल्लले बोरडिआक्सलाई २–१ गोलले हराएको छ। जितसँगै शीर्षस्थानमा रहेको लिल्लको २९ अंक छ।
 

प्रकाशित: Dec 14, 2020| 01:28 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।