बिहीबार, भदौ २५, २०८३

बराबरीमा रोकियो लिभरपुल, आर्सनल र ब्राइटोनको हार

पाहुना टिम लिभरपुल फुलहामको मैदानमा सम्पन्न खेलमा घरेलु टिमविरुद्ध बराबरीमा रोकिएको छ।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– पाहुना टिम लिभरपुल फुलहामको मैदानमा सम्पन्न खेलमा घरेलु टिमविरुद्ध बराबरीमा रोकिएको छ।

प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले फुलहामसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

खेलको २५ औं मिनेटमा फुलहामका बुबी रिडले बनाएको अग्रता लिभरपुलका मोहम्मद सलाहले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै तोडे।

खेलको ७९ औं मिनेटमा लिभरपुलले पेनाल्टीको अवसर पाएपछि सलाहले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्।

सो बराबरीसँगै लिभरपुल अंकतालिकाको दोस्रो स्थानमा कायम छ। उसले १२ खेलबाट २५ अंक बनाएको छ भने शीर्षस्थानको टोटेनहमको पनि २५ अंक नै छ।

प्रिमियर लिगकै आइतबार राति सम्पन्न खेलमा आर्सनलले बर्नलीविरुद्ध साँघुरो हार बेहोरेको छ।

आर्सनलको मैदानमा सम्पन्न खेलको ५८ मिनेटमा १० खेलाडीमा समेटिएको टिमविरुद्ध बर्नलीले १–० गोलको जित निकालेको हो।

बर्नलीलाई जित दिलाउन आर्सनलका कप्तान पियरे इमिरिक अबुमयाङले आत्मघाती गोल गरे।

त्यस्तै, लिगको अर्को खेलमा ब्राइटोन लेस्टर सिटीसँग पराजित भएको छ। लेस्टरको मैदानमा सम्पन्न खेलमा घरेलु टिमले ३–० गोलको जित निकालेको हो।
 

प्रकाशित: Dec 14, 2020| 00:59 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।