आइतबार, असार २८, २०८३

बार्सिलोनाको जितमा मेस्सीको निर्णायक गोल

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ।

क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले पाहुना टिम लेभान्टेविरुद्ध १–० गोलको जित निकालेको हो।

घरेलु टिमको जितका लागि कप्तान लियोनेल मेस्सीले निर्णायक गोल गरे। डि जोङले दिएको पासलाई उपयोग गर्दै मेस्सीले ७६ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले जित निकालेको हो।

जितसहित ऊ अंकतालिकाको आठौं स्थानमा छ। बार्सिलोनाले ११ खेलबाट १७ अंक बनाएको छ भने पराजित लेभान्टे रेलिगेसन जोनमा छ।

साविक उपविजेता बार्सिलोना शीर्षस्थानको रियल सोसिडाडभन्दा नौ अंक पछि छ।

ला लिगाको आइतबार राति सम्पन्न अन्य खेलमा रियल सोसिडाडले आइबरसँग १–१ गोलको बराबरी खेलेको छ भने रियल बेटिस र भिल्ला रियलले पनि १–१ गोलको बराबरी खेले।


 

प्रकाशित: Dec 14, 2020| 00:40 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।