आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • गौतम बुद्ध कप : लगातार दोस्रो हारपछि बागमती प्रतियोगिताबाट बाहिरियो

गौतम बुद्ध कप : लगातार दोस्रो हारपछि बागमती प्रतियोगिताबाट बाहिरियो

चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी टी–२० क्रिकेट प्रतियोगितामा जित निकाल्दै राप्ती फाइनल प्रवेश गरेको छ।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं- चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी टी–२० क्रिकेट प्रतियोगितामा जित निकाल्दै राप्ती फाइनल प्रवेश गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीले पुरा ओभर खैल्दै ९ विकेटको क्षतिमा १२९ रन बनाएको थियो। १३० रनको लक्ष्यका साथ मैदान पसेको बागमती १९.४ ओभरमा पुरा ओभर गुमाउँदै ११८ रनमा समेटिएपछि खेल राप्तीले जितेको हो।

राप्तीको जितमा अमित श्रेष्ठले २६ रनको योगदान दिए भने शरद भेषवाकर र कप्तान विनोद भण्डारीले समान २१–२१ रन बनाए।
त्यस्तै, लोकेश बलमे १५ रन बनाए भने कमल सिंहले १६ रनको योगदान दिए।

यता बागमतीका लागि सोमपाल कामी, सागर ढकाल र रशिद खानले समान २–२ विकेट लिए। एक विकेट लिनेमा विक्रम शोब र ललित राजवंशी रहे।

जवाफी ब्याटिङमा आएको बागमतीका सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए। त्यस्तै अनिल शाहले २२ र ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले समान १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन।

बागमतीलाई लक्ष्य पुरा गर्न नदिन राप्तीका जितेन्द्र मुखिया, कमल सिंह, बसन्त कार्की र अविनाश बोहराले समान २–२ विकेट लिए।
हिजो शनिबारको पहिलो खेलमा बागमती नारायणीसँग सुपर ओभरमा पराजित भएको थियो।

तस्बिर सौजन्य : विकास थापा

लिग चरणको तेस्रो तथा अन्तिम खेलमा राप्तीले नारायणीसँग प्रतिस्पर्धा गर्नेछ। साथै फाइनल खेलमा पनि यी दुई टिमले नै प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Dec 13, 2020| 10:55 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।