आइतबार, असार २८, २०८३

एनएसजेएफ स्पोर्ट्स अवार्डको स्पोन्सर पल्सरले गर्ने

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले गर्ने १७ औँ स्पोर्ट्स अवार्ड हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलले गर्ने भएको छ।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले गर्ने १७ औँ स्पोर्ट्स अवार्ड हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलले गर्ने भएको छ।

पुस २८ गते आयोजना हुने अवार्डको नाम ‘पल्सर स्पोर्ट्स अवार्ड’ राखिएको छ। एनएसजेएफले वार्षिक रुपमा स्पोर्ट्स अवार्ड गर्दै आइरहेको संघका महासचिव प्रज्वल ओलीले जानकारी दिए।

२०५२ सालमा स्थापित संघले २०६० सालबाट निरन्तर अवार्ड कार्यक्रम आयोजना गर्दै छ।

आयोजक एनएसजेएफले यो वर्षको कार्यक्रम विगतको भन्दा फरक तरिकाले गर्ने बताएको छ।

‘कोरोना महामारीका कारण सरकारले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर कार्यक्रम सेमी भर्चुअल माध्यमबाट गर्नुपर्ने भएको छ,’ कार्यक्रमको समापन गर्दै मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले भने।

अवार्ड कार्यक्रम पूर्ण रुपमा भर्चुअल गर्न नसकिने र केही मानिस भौतिक रुपमै जम्मा हुनुपर्ने भएकाले यो सेमी भर्चुअल हुने अध्यक्ष सुवेदीले प्रष्ट पारेका छन्।

तर भर्चुअल कार्यक्रम भए पनि पहिलेबाट वितरण गर्दै आएको १० विधामै पुरस्कार वितरण गरिने आयोजकले बताएको छ।
जसमा उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स चोइज अवार्ड, पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ दि इयर छन्।

त्यस्तै अघिल्लो वर्षबाट सुरु गरिएको इन्टरनेशनल एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड यो वर्ष पनि प्रदान गरिने महासचिव ओलीले बताए।

‘प्रतियोगिताका चार विधा वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षकसहित चार विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिने छ,’ आयाजकद्वारा जारी गरिको प्रेस विज्ञप्तिमा लेखिएको छ,‘अन्य विधाका विजेतालाई जनही ५० हजार रूपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ।’

अघिल्लो वर्षको अवार्डमा पुरुषतर्फ युकेश गुरुङ, महिलातर्फ सावित्री भण्डारी, युवातर्फ एथलेटिक्सका अजितकुमार यादव, प्रशिक्षकमा प्याराग्लाइडिङका योगेश भट्टराईले अवार्ड जितेका थिए।

त्यस्तै स्पेशल अवार्ड फुटबलका रोहित चन्दलाई प्रदान गरिएको थियो भने पारा एथलिट अवार्ड मनकेसी चोधरी र फाइफटाइम एचिभमेन्ट अवार्ड एथलेटिक्सका हरिबहादुर रोकायालाई प्रदान गरिएको थियो।

यो वर्षको खेलाडी छनोटका लागि मञ्चको सचिव गोविन्द रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको छ। 

प्रकाशित: Dec 13, 2020| 08:15 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।