शुक्रबार, फागुन १५, २०८२

विराट–अनुष्का विश्वकै शीर्ष २५ प्रभावशाली सेलिब्रेटीको सूचीमा

सामाजिक सञ्जालको माध्यमबाट समाजलाई जागरुक गराउन प्रमोसनको काम गर्ने सेलिब्रेटी थुप्रै छन्।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं- सामाजिक सञ्जालको माध्यमबाट समाजलाई जागरुक गराउन प्रमोसनको काम गर्ने सेलिब्रेटी थुप्रै छन्।

National life

हालै सार्वजनिक एउटा रिपोर्टअनुसार भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा विश्वका शीर्ष २५ प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन्। यो सूची विश्वका एक हजार इन्ट्राग्राम एकाउन्टको अध्ययन गरेर बनाइएको थियो।

यो सूचीमा विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा छन्। कोहली सूचीको ११ औं नम्बरमा छन्। अनुष्का भने २४ औं नम्बरमा छिन्। यो सूचीमा बियोन्से, टेलर स्विफ्ट र जस्टिन बिबरजस्ता सेलिब्रिटीसमेत छन्।

विराट र अनुष्का दुवैका गरी इन्स्टाग्राममा १ करोड २४ लाखभन्दा बढी फलोअर छन्। उनीहरुले गर्ने पोस्ट विश्वभर निकै मन पराइन्छ। अनुष्का र विराट चाँडै बाबु–आमा पनि बन्दैछन्। हालै उनीहरुले विवाहको तेस्रो वर्षगाँठ मनाएका छन्।

–नवभारत टाइम्स

Laxmi sunrise bank

प्रकाशित: Dec 13, 2020| 08:04 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्