सोमबार, चैत २, २०८२

खेलाडी छनोटमा कमजोरी हुँदैन : प्रशिक्षक महर्जन

ष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले फिफा विश्वकप छनोटको खेलका लागि खेलाडी निर्धारणमा कमजोरी नहुने बताएका छन्।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं– राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले फिफा विश्वकप छनोटको खेलका लागि खेलाडी निर्धारणमा कमजोरी नहुने बताएका छन्।

National life

आज (आइतबार) सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा)को मैदानमा प्रशिक्षण सुरु गर्दै प्रशिक्षक महर्जनले छनोट कमजोरीमुक्त हुने दाबी गरेका हुन्।

कोभिड–१९ को महामारीका कारण लामो समयसम्म घरेलु र अन्तर्राष्ट्रिय खेल रोकिएपछि राष्ट्रिय टिमको छनोटका सम्बन्धमा प्रशिक्षक महर्जनले आलोचना बेहोरेका थिए। ‘पहिलेको राष्ट्रिय टिमको प्रदर्शन र ए डिभिजन लिगको प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको हो। अहिले पछिल्लो समयको ८–९ महिना खेल भएकै छैन। जसकारण त्यसअघिको प्रतिस्पर्धा नै आहिलेको छनोटको आधार हो,’ उनले प्रष्ट पारे।

प्रशिक्षक महर्जनले अबको छनोटको आधार पनि सार्वजनिक गरेका छन्। उनले भने, ‘पहिलेको राष्ट्रिय टिमको प्रदर्शन, पहिलेको विश्वकप छनोटमा खेलाडीको प्रदर्शन साथै अबको तीन महिनामा टेक्निकल र ट्याक्टिकल साथै खेलाडीको फिटनेस पनि विचार गरेर खेलाडी छनोट गर्नेछौं।’

नेपाली टिमले अबको १०२ दिनमा (मार्च २५मा) चाइनिज ताइपेइसँग पहिलो खेल खेल्नेछ। 

Laxmi sunrise bank
kumari

महर्जनले खेलाडी छनोटबारे भने, ‘हामीले पहिलो, दोस्रो, तेस्रो र चौथो फेज गरेर प्रशिक्षणको योजना बनाएका छौं। त्यहीअनुसारले प्राविधिक शाखाले पनि मैत्रीपूर्ण खेल आयोजना गर्नेछ।’

मैत्रीपूर्ण खेलको सन्दर्भमा १२ दिनको प्रशिक्षणबाट बंगलादेशसँगको खेलमा नेपाल पराजित भएको थियो। ‘समय हेरेर तयारी गर्नेछौं। त्यसमाथि पनि मैत्रीपूर्ण र प्रदेश खेलका लागि पनि तयारी गरेका छौं,’ उनले भने, ‘कोभिडको महामारीका कारण अस्तिको खेलमा पनि ८ जना पोजेटिभ आएको जस्तै सुरुवातदेखि नै त्यसप्रति सतर्क छौं।’

यसपहिले बंगलादेशविरुद्धको खेलमा एन्फाले ३४ खेलाडी बोलाएकोमा आठ खेलाडीलाई कोरोना संक्रमण भएपछि खेलाडी अभाव देखिएको थियो। प्रशिक्षक महर्जनले यो कुरालाई पनि विचार गर्ने बताएका छन्। आगामी खेल घरेलु मैदानमा हुने भएकाले अवे मैदानमा भन्दा अवश्य पनि राम्रो नजिताको आशा हुने उनले बताए। तर नेपाली टिमको चुनौती ठूलो रहेको प्रशिक्षक महर्जन बताउँछन्।

‘हामी साफ च्याम्पियन्समा छैनौं। हामीसँग विश्व वरियतामा ४१ औं नम्बरको अष्ट्रेलिया, ९५ औं नम्बरको जोर्डन र १२४ नम्बरको चाइनिज ताइपेई खेल्दैछन्। जसमा हामी कमजोर देखिएका छौं,’ उनले भने, ‘तर होम मैदानमा केही राम्रो गरौं भन्ने छ।’

अहिले एन्फाले प्रशिक्षणमा ५८ जना खेलाडी बोलाएको छ। जहाँ धेरै मात्रामा नयाँ खेलाडी पनि समावेश छन्। कात्तिक २८ र मंसिर २ गते बंगलादेशमा भएको खेलमा पनि ७ नयाँ खेलाडीले सिनियर टिममा डेब्यू गरेका थिए। नयाँ खेलाडीको प्रदर्शनले आफू सन्तुष्ट रहेको प्रशिक्षकले बताएका छन्।

नेपालले आउँदो चैत र जेठमा चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ।
 

प्रकाशित: Dec 13, 2020| 07:53 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।