काठमाडौं– शनिबार राति सम्पन्न म्यानचेस्टर डर्बीमा घरेलु टिम युनाइटेड प्रिमियर लिग(ईपीएल)मा सिटीसँग बराबरीमा रोकिएको छ।
ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेडले म्यानचेस्टर सिटीसँग गोलरहित बराबरी खेलेको हो।
गएरातिको बराबरीसँगै युनाइटेड सिटीभन्दा एक अंक अघि छ। अंकतालिकामा युनाइटेडको २० अंक छ भने समान ११ खेल खेलेको सिटीको १९ अंक छ।
ईपीएल अन्तर्गत नै गएराति सम्पन्न खेलमा चेल्सीले एभर्टनको घरेलु मैदानमा १–० गोलको हार बेहोरेको छ।
प्रतिस्पर्धात्मक खेलको २२ औं मिनेटमा एभर्टनले पेनाल्टीको अवसर पाएपछि चेल्सीका ग्युफी साउर्डसनले गोल गर्दै एभर्टनलाई जित दिलाएका हुन्।
जितसहित एभर्टनले अंकतालिकामा २० अंक बनाएको छ भने हारका बाबजुद २२ अंक बनाएको चेल्सी तेस्रो स्थानमा छ।
त्यस्तै, उल्भरह्याम्टनले स्टोनभिल्लासँग १–० गोलको हार बेहोरेको छ। उल्भ्सको मैदानमा सम्पन खेलमा पाहुना टिम जियी भएको हो।
खेलको ८५ औं मिनेटमा रातो कार्ड खाँदै डल्गस लाइज खेलबाट बाहिरिएपछि भिल्ला दबाबमा आएको थियो।
तर उल्भ्सका सेमिडोले म्याल गिनलाई बस्कभित्र लडाएपछि भिल्लाले पेनाल्टीको अवसर पाएको थियो। सो अवसरलाई उपयोग गर्दै अन्वर एल गाजीले निर्णायक गोल गरे।
जितसहित भिल्ला १८ अंक बनाएर १० औं स्थानमा छ भने उल्भ्स १७ अंकका साथ १२ औं स्थानमा छ।