आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • मड्रिड डर्बीमा रियलको सहज जित, एथ्लेटिकोको अपराजित यात्रा टुंगियो

मड्रिड डर्बीमा रियलको सहज जित, एथ्लेटिकोको अपराजित यात्रा टुंगियो

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न मड्रिड डर्बीमा रियल एथ्लेटिकोलाई हराएको छ।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न मड्रिड डर्बीमा रियल एथ्लेटिकोलाई हराएको छ।

रियलको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिमलाई २–० गोलको अन्तरले हराएको हो। गएरातिको हारसहित घरेलु लिगमा एथ्लेटिकोको अपराजित यात्रा टुंगिएको छ।

उसको अपराजित यात्रामा पूर्णविरामा दिनका लागि रियलका कासिमेरोलले एक गोल गरे भने एथ्लेटिकोका जन ओब्ल्याकले आत्मघाती गोल गरे।

खेलको १५ औं मिनेटमा टोनी क्रुसले दिएको पासलाई सदुपयोग गर्दै कासिमेरोले सुरुवाती अग्रता बनाएका थिए। यससँगै पहिलो हाफमा रियल एक गोलले अघि रह्यो।

त्यस्तै, दोस्रो हाफको ६३ औं मिनेटमा क्रुसले प्रहार गरेको कर्नर बल कार्भान्जलले गोल पोस्टतर्फ बढाउने क्रममा ओब्ल्याकद्वारा आत्मघाती गोलमा बदलिएपछि रियलले खेलमा नियन्त्रण पाएको थियो।

रियलको जितसँगै अपराजित यात्रामा विराम लगाएको एथ्लेटिको हारका बाबजुद एथ्लेटिको एक खेल कम खेल्दै २६ अंक बनाएर शीर्षस्थानमा कायम छ।

यता साविक विजेता रियल मड्रिड १२ खेलबाट १२ अंक बनाउँदै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। अंकतालिकाको दोस्रो स्थानमा भने रियल सोसिडाड छ।

उसले १२ खेलबाट २५ अंक जोडेको छ। ला लिगामै गएराति सम्पन्न खेलमा सेभियाले गोटाफेमाथि १–० गोलको संघर्षपूर्ण जित निकालेको छ भने भ्यालेन्सियाले एथ्लेटिक क्लबसँग २–२ गोलको बराबरी खेलेको छ।
 

प्रकाशित: Dec 13, 2020| 01:43 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।