आइतबार, असार २८, २०८३

डर्टमुन्डको लज्जास्पद हार, बराबरीमा रोकियो बायर्न

जर्मन बुन्डेसलिगामा गत सिजनमा प्रोमोसन भएको सुटरगार्टसँग बोरुसिया डर्टमुन्डले लज्जास्पद हार बेहोरेको छ।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं– जर्मन बुन्डेसलिगामा गत सिजनमा प्रोमोसन भएको सुटरगार्टसँग बोरुसिया डर्टमुन्डले लज्जास्पद हार बेहोरेको छ।

डर्टमुन्डको घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा पाहुना टिमले ५–१ गोलको जित निकाल्दा डर्टमुनले हार बेहोरेको हो।

सुटरगार्टको जितका लागि सिलास वामान्गितुकाले दुई गोल गरे भने फिलिप फ्रोस्टर, टन्गे कोउलिबली र निकोलस गोन्जालेजले समान १–१ गोल गरे।

यता डर्टमुन्डका जिओभान्नीले रियनले एक गोल गरे। ५–१ गोलले पराजय भोगे पनि डर्टमुन्ड अंकतालिकाको पाँचौ स्थानमा छ भने सुटरगार्ट सातौं स्थानमा छ।

त्यस्तै, शनिबार राति सम्पन्न अर्को खेलमा बार्यन म्युनिक युनियन बर्लिनसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

बराबरीका लागि बर्लिनका ग्रिस्चा प्रोमेलले चौथो मिनेटमा गोल गरे भने बायर्नका रोबर्ट लेबान्डोस्कीले ६७ औं मिनेटमा गोल गरेका थिए।

बराबरीसँगै बायर्न शीर्षस्थानमा छ भने बर्लिन छैटौं स्थानमा छ।
 

प्रकाशित: Dec 13, 2020| 01:25 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।