बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशको उज्यालो अभियान : उपल्लो मुस्ताङका ४०० घरमा जोडियो सोलार

गण्डकी प्रदेशको उज्यालो अभियान : उपल्लो मुस्ताङका ४०० घरमा जोडियो सोलार

गण्डकी प्रदेश सरकारले लिएको उज्यालो गण्डकी प्रदेश घोषणा अभियानको सुरुआत हिमाली जिल्ला मुस्ताङको लोमन्थाङ गाउँपालिकाबाट गरिएको छ। 
 |  शनिबार, मंसिर २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

पोखरा- गण्डकी प्रदेश सरकारले लिएको उज्यालो गण्डकी प्रदेश घोषणा अभियानको सुरुआत हिमाली जिल्ला मुस्ताङको लोमन्थाङ गाउँपालिकाबाट गरिएको छ। 

विद्युत प्रशारण लाइन नपुगेको हिमाली जिल्ला मुस्ताङका विभिन्न तीन गाउँपालिकामा ४०० सोलार जडान गरी उज्यालो गण्डकी प्रदेशको घोषणा अभियान सुरु गरिएको हो। 

मुस्ताङको लोमन्थाङ गाउपालिका, लो घेकर दामोदर कुण्ड गाउपालिका र बारागुङ मुक्तिक्षेत्रमा रहेका गाउँका ४ सय घरधुरीमा सोलार जडान गरिएकाे छ।

लोमन्थाङको अर्का गाउँमा रहेको सामुदायिक भवनमा जडान गरिएको सोलार बत्तीको स्वीच अन गरी गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले उज्यालो गण्डकी प्रदेश घोषणा अभियानको सुरुआत गरे। 

केन्द्रीय प्रशारण लाइन र स्थानीय लघुजलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत लाइन नपुगेका लोमन्थाङ गाउपालिकाको १, २, ३ र ४ को छोसेर, अर्का, सम्जुङ, भर्चा, न्यानोल, ढुक, ठिंगर, फुवा, नाम्ग्याल, किम्लिङ, न्याम्डो, चुङजुङ, लो घेकर दामोदर कुण्ड गाउँपालिकाको ५ नम्बरमा पर्ने ताङग्या र ध्ये र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको साङता गाउँ ४ सय घरधुरीमा सोलार जोडिएको छ।

मन्त्री बस्नेतले राष्ट्रिय प्रशारण लाइन पुर्याउन नसकिने गाउँहरुमा सोलार बत्तीबाटै उज्यालो बनाउने उद्देश्य रहेको र सोही अनुरुप हिमाली जिल्ला मुस्ताङको अर्का गाउँबाट उज्यालो गण्डकी प्रदेशको शुभारम्भ गरिएको बताए। 

प्रदेश सरकारको ७५ र स्थानीयको २५ प्रतिशत रकम लगानीमा सोलार जडान गरिएको हो। जसमा भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित भएको ६८ लाख ६१ हजार रकम खर्च भएको छ। गत आर्थिक वर्षमै सोलार जडान सम्पन्न गर्ने लक्ष्य प्रदेश सरकारको भए पनि कोभिडका कारण ढिला भएको मन्त्री बस्नेतले वताए। २०७४ फागुन ४ गते प्रदेश मन्त्रिपरिषदको पहिलो बैठकले गरेको निर्णयअनुसार गण्डकी प्रदेशको ११ वटै जिल्लामा बत्ती पुर्याउने लक्ष्यसहित अगाडि वढेको र सोही अनुरुप बत्ती जडान गरिएको मन्त्री बस्नेतले बताए।  

मन्त्रालयका प्रवक्ता एवम् भौतिक पूर्वाधार मन्त्रालय जलश्रोत तथा उर्जा महाशाखा प्रमुख हरिदत्त पौडेलले राष्ट्रिय प्रशारण लाइन पुर्‍याएर मात्र सौर्य उर्जा जडान गर्ने सरकारको लक्ष्यअनुसार सम्भव नभएपछि सौर्य ऊर्जा जडान गरी विकटका गाउँहरुमा बत्ती पुर्‍याइएको बताए। विद्युत प्राधिकरणको सहकार्यमै विकटका बस्तीहरुमा सौर्य ऊर्जा जडानको काम गरिएको उनको भनाइ थियो। 

पौडेलका अनुसार प्रदेशभरका ११ सय ५ घरधुरीमा सोलार बत्ती जडान गर्ने काम भइरहेको र यसका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ। अहिलेसम्म प्रशारण लाइन नपुगेको मनाङ, म्यादी र गोरखाको हिमाली क्षेत्रमा सोलार बत्ती जडान गर्ने प्रदेश सरकारको लक्ष्य छ।

गोरखाको धार्चे र चुम्नुब्री गाउँपालिकाका ४६०, म्याग्दीको धवलागिरी गाउँपालिकामा १२० र मनाङको नार्पाभूभि गाउँपालिकामा १२५ वटा सोलार जडान गरिनेछ। यसको लागि मन्त्रालयबाट मनाङमा २० लाख ६८ हजार, म्याग्दीमा २० लाख ७३ हजार र गोरखामा ८० लाख रुपैया विनियोजन गरेको छ। 

उज्यालो प्रदेश घोषणा मुस्ताङबाट गरेकोमा मुस्ताङको उपल्लो क्षेत्रबाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले प्रदेश सरकार गठनसँगै आफ्नो क्षेत्रमा विकासका लहर छाएको बताए। 

जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख छिरिङ ल्हामो गुरुङले विकासका काममा कसैले पनि आफ्नो र अर्काको राजनीतिक आक्षेप नलगाइकन एकजुट भएर लाग्नुपर्ने बताइन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले सोलार जडान गरेपनि त्यसको संरक्षण गर्नुपर्नेमा समेत जोड दिइन्।

प्रकाशित: Dec 12, 2020| 07:20 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।