बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधन, कांग्रेसले पार्टीको झण्डा आधा झुकाउने

प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधन, कांग्रेसले पार्टीको झण्डा आधा झुकाउने

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको आज निधन भएको छ।
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडाैं। नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको आज निधन भएको छ।

उनको मस्तिष्कमा रक्तश्राव भई काठमाडौं मोडेल अस्पतालमा उपचारका क्रममा ८० वर्षको उमेरमा निधन भएको पार्टी कार्यालयले जनाएको छ।

श्रेष्ठको निधनप्रति कांग्रेस केन्द्रीय कार्यालयले दुःख व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

कांग्रेसले यही मंसिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

साथै मंसिर २८ गते आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने र निधनको १३औं दिनसम्म केन्द्रीय कार्यालय तथा सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

१३औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंले भौतिक (सामाजिक) दूरी कायम गर्दै शोकसभाको आयोजना गर्ने पार्टी कार्यालयले जनाएको छ। मंसिर २९ गतेका लागि पूर्वनिर्धारित ७७ जिल्लामा हुने विरोध प्रदर्शनको आन्तरिक तयारीसँग सम्बन्धित कार्यहरू भने सुचारु रहने मुख्य सचिव पौडेलले जानकारी दिए। 

श्रेष्ठ २०१८ मा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ परेका थिए। 

नेपालमा प्रजातन्त्र स्थापनार्थ भएका आन्दोलन/संघर्षका क्रममा उनले ११ वर्षभन्दा बढी समयसम्म जेल जीवन बिताएका छन्। 

३० वर्ष लामो प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेर बहुदलीय व्यवस्थाको स्थापनाका निमित्त विशिष्ट योगदान गर्ने र त्यस आन्दोलनमा सक्रिय भएका कारण पञ्चायती व्यवस्थाको दमन र प्रतिशोधमा परेका राजनीतिक पीडितहरूलाई सम्मान गर्नका लागि नेपाल सरकारबाट सन्त नेता कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीतिक पीडित समितिको उनी सदस्य थिए। 

श्रेष्ठ २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ३ बाट पार्टीका तर्फबाट उम्मेदवार र २०५६ सालमा कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंको सभापति थिए। 

२०७२ मा उनलाई जननायक बीपी कोइराला स्मृति ट्रष्टद्वारा बीपी सेनानी सम्मानबाट विभूषित गरिएको थियो। श्रेष्ठका एक छोरा र तीन छोरी छन्। रासस

प्रकाशित: Dec 11, 2020| 16:20 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।