पर्सा। रौतहटको मौलापुर नगरपालिका-५ मा मालपोत कार्यालय सञ्चालनमा आएको छ।
नवनिर्मित एकीकृत सरकारी कार्यालय (मालपोत) भवनको उद्घाटन गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री एवं सांसद प्रभु साहले सो भवनको उद्घाटन गरेका हुन्।
सघन सहरी तथा भवन निर्माण कार्यालय वीरगंजले निर्माण गरेको कार्यालय उद्घाटनसँगै हस्तनान्तरणसमेत गरिएको छ।