आइतबार, असार २८, २०८३

क्रिकेटर पारस खड्कालाई कोरोना संक्रमण 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ।
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ।

दुई दिनयता कोरोनाका लक्षण देखिएपछि पारसले आज (शुक्रबार) बिहान कोरोना परीक्षण गराएका थिए।

उनले बिहान परीक्षणका लागि स्वाब दिएको र रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जाल फेसबुक मार्फत् जानकारी गराएका छन्।

उनले कोरोना पुष्टि भएपछि आफू चिकित्सकीय नियमहरु पालना गरेर होम आइसोलेसनमै बसेको बताएका छन्।

आफू कोरोना संक्रमण भएपछि चितवनमा भोलि सुरु हुने गौतम बुद्ध कप क्रिकेटमा सहभागी हुन नपाउने भएको भन्दै दुःख व्यक्त गरेका छन्।

प्रकाशित: Dec 11, 2020| 13:15 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।