आइतबार, असार २८, २०८३

बीबीएल : पहिलो जितसहित मेलबर्न स्टार्सलाई ४ अंक

अष्ट्रेलियामा जारी टी–२० फ्रेन्चाइज बिग ब्यास लिग (बीबीएल) अन्तर्गत आजको खेलमा मेलबर्न स्टार्सले ब्रिसबन हिटविरुद्ध ६ विकेटको जित निकालेको छ।
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं- अष्ट्रेलियामा जारी टी–२० फ्रेन्चाइज बिग ब्यास लिग (बीबीएल) अन्तर्गत आजको खेलमा मेलबर्न स्टार्सले ब्रिसबन हिटविरुद्ध ६ विकेटको जित निकालेको छ।

क्यानबेरा रंगशालामा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ब्रिसबन हिटले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १२५ रन बनाएको थियो। १२६ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको मेलबर्न स्टार्सले १७.१ ओभरमा चार विकेट गुकाएर लक्ष्य पुरा गर्‍यो।

पहिले ब्याटिङमा आएको ब्रिसबनका टोम कुपरले २६ रन बनाए भने म्याक्स ब्रायट र क्रिस लिनले समान २०–२० रनको योगदान दिए।

यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन नगरेको खेलमा मेलबर्नका नाथन कोउल्टर निलले चार विकेट गिराए भने दिलबर हुसेनले पनि दुई विकेट लिए।

जवाफी ब्याटिङमा आएका ग्लेन म्याक्सवेल र हिल्टन कार्टराइटले समान ४६–४६ विकेट लिए।

यता ब्रिसबनका लागि ज्याक वुडले दुई विकेट लिए भने जेभियर बारलेट र माथिउस कुहेन्मानले समान १–१ विकेट लिए।

प्रतियोगितामा पहिलो जिसहित मेलबर्न स्टार्सले ४ अंक जोडेको छ भने पराजित ब्रिसबनले एक अंक पनि जोड्न सकेन।

जारी सिजनको बीबीएलमा पराजित टिमले पनि अंक जोड्न सक्ने प्रावधान रहेको छ।

यो पनि पढ्नुहोस् :

बीबीएलमा तीनवटा नियम परिवर्तन गरिने

प्रकाशित: Dec 11, 2020| 11:48 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।