मंगलबार, चैत ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • उस्तै प्रकृतिका खेलकुद संघ एकीकरण गर्न विवाद समाधान समितिको निर्देशन

उस्तै प्रकृतिका खेलकुद संघ एकीकरण गर्न विवाद समाधान समितिको निर्देशन

युवा तथा खेलकुद मन्त्रालयबाट गठित विवाद समस्या समाधान तथा सहजीकरण समितिले एउटै प्रकृतिका संघहरुलाई एकीकरण गरेर एक हुन निर्देशन गरेको छ।
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयबाट गठित विवाद समस्या समाधान तथा सहजीकरण समितिले एउटै प्रकृतिका संघहरुलाई एकीकरण गरेर एक हुन निर्देशन गरेको छ।

National life

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला नेतृत्वको समितिको मंसिर २५ गते बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो।

राखेपमा दर्ता भएका २०९ संघहरुमध्ये कतिपय संघहरु एउटै प्रकृतिका छन् खेलाइने नियम पनि एउटै छ। समितिले यस्ता संघलाई एउटै हुन निर्देशन दिएको हो।

समितिले अन्तरिक विवादमा रहेका संघलाई पनि यथाशीघ्र विवाद सामाधान गरी खेलकुद विकास ऐन २०७७ तथा सम्बन्धित संघको ऐनअनुसार कार्यान्वयनमा आउन निर्देशन गर्न भएको छ।

संयोजक कोइरालाको अध्यक्षतामा बसेको बैठकले समितिको कार्य सञ्चालन विधि तयार गर्ने निर्णय गरेको छ। बैठकले संघहरुमा बेलाबखत देखिने नीतिगत व्यवस्थापकीय तथा अन्य समस्याहरुलाई दीर्धकालीन रुपमा सामाधान गर्ने रणनीति तयार गर्ने निर्णय गरेको छ।

Laxmi sunrise bank
kumari

युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयअनुसार मंसिर २२ गते गठित समितिमा संयोजक कोइरालालगायत ७ सदस्य टिमको सदस्यहरुमा युवा तथा खेलकुद मन्त्रालय, खेलकुद महाशाखा प्रमुख सदस्य रहने गरी राखेप सदस्यहरु गोविन्द भट्टराई, पुरेन्द्रबिक्रम लाखे, नन्दा बस्याल, राखेप कानुन शाखा प्रमुख नारायणराज अर्याल र सचिवमा राखेप संघसंस्था प्रमुख इन्द्रबहादुर कार्की छन्।

प्रकाशित: Dec 11, 2020| 11:13 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।