बुधबार, भदौ २४, २०८३

गैंडाको खागसहित स्वयम्भूबाट पाँच जना पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले गैंडाको खागसहित काठमाडौंको स्वयम्भूबाट पाँच जनालाई पक्राउ गरेको छ। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं- महानगरीय अपराध महाशाखाको टोलीले गैंडाको खागसहित काठमाडौंको स्वयम्भूबाट पाँच जनालाई पक्राउ गरेको छ। 

अवैध कारोबार भइरहेको सूचनाका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

स्वयम्भुको किमडोलमा एक घरको कोठामा संरक्षित वन्य जन्तु गैंडाको खागको अवैध रुपमा कारोबार गर्न राखिएको अवस्थामा खागसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरुमा काठमाडौंका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोटका २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीय मुना तामाङ छन्। 

अपराध महाशाखाले बरामद भएको खाग र पक्राउ परेका पाँचै जनालाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन (२०२९) अन्तर्गत आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाएको छ।
 

प्रकाशित: Dec 11, 2020| 10:13 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।