आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • फुटबल मुख्य प्रशिक्षक कालिनको राजीनामा, कार्यवाहकमा बालगोपाल रहने

फुटबल मुख्य प्रशिक्षक कालिनको राजीनामा, कार्यवाहकमा बालगोपाल रहने

नेपाली राष्ट्रिय फुटबल टिमका हेड कोच योहान कालिनले दिएको राजीनामा स्विकृत गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका हेड कोच योहान कालिनले दिएको राजीनामा स्विकृत गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।

एन्फाको हिजो(बिहीबार) बसेको केन्द्रीय समितिको बैठकले उनको राजीनामा स्विकृत गर्दै अहिलेका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मवारी दिने बताएको छ।

कोराना महामारी अघि स्वदेश फर्किएका कालिन महामारीका कारण नेपाल फर्कन पाएका थिएनन्। यसकारण उनले प्रशिक्षणका लागि नेपालमा उपस्थित हुन नसेको बताउँदै उनले राजीनामा माग गरेका थिए।

एन्फाले नोभेम्बर १ बाट लागू हुने गरि राजीनामा स्विकृत गरेको बताएको हो।

त्यस्तै बिहीबार बसेको एन्फाको बैठकले विश्वकप २०२२ र एसियाकप २०२३ को संयुक्त छनोटका लागि नेपालमा हुन लागेको तीन खेलको प्रशिक्षण मंसिर २८ बाट हुने निर्णय गरेको बताएको छ।

अब एन्फाले साधारण सभा माघमा गर्ने गरि राष्ट्रिय खेलकुद परिषद्(राखेप)सँग स्विकृति माग्ने बताएको छ।
 

प्रकाशित: Dec 11, 2020| 03:19 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।