सोमबार, असार २९, २०८३

अब पुरुष र महिला फुटबलरको तलब समान हुने

 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार बसेको केन्द्रिय समितिको बैठकले नेपाली राष्ट्रिय महिला तथा फुटबल टिमको तलब समान बनाउने निर्णय गरेको छ।

यसअघि पुरुष राष्ट्रिय टिमका खेलाडीको तलब १५ हजार र महिला खलाडीको ७ हजार रहेकोमा सो रकम बढेर अब समान १८ हजार बनाउने एन्फाले निर्णय गरेको हो।

यसअघि ब्राजिल लगायत् विश्वका केही मुलुकमा महिला तथा पुरुष फुटबल खेलाडीको तलब समान बनाइएको थियो। सोही क्रममा अमेरिकामा महिला खेलाडीको तलबलाई लिएर अदालतमा मुद्दा समेत परेको थियो।

त्यस्तै, बिहिबार बसेको एन्फाको बैठकले कोरोनाका कारण स्थागित प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद्सँग अनुमति माग्ने निर्णय गरेको बताएको छ।

कोरोनाका कारण लकडाउन भएपछि सहिद स्मारक बी डिभिजन लिग बीचमै रोकिएको थियो भने राष्ट्रिय लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ड लिग लगायतका खेलहरु सञ्चालन हुनै सकेका थिएनन्।

एन्फाले संघको कम्प्लेक्समा रहेको कृतिम मेदानमा फ्लड लाइट जोड्ने भएको छ भने कास्की निर्माण गर्न लागिएको बहुउद्देश्य फुटबल टेक्निकल सेन्टरका लागि टेन्डर आह्वान गर्ने निर्णय गरेको बताएको छ।
 

प्रकाशित: Dec 11, 2020| 03:02 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।