आइतबार, असार २८, २०८३

युरोपा लिगको नकआउट खेल्ने ३२ टिमको टुंगो लाग्यो

युरोपा लिग अन्तर्गत बिहीबार राति २३ खेल सम्पन्न भएसँसगै उसको समूह चरणका खेल सकिएका छन्।
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं– युरोपा लिग अन्तर्गत बिहीबार राति २३ खेल सम्पन्न भएसँसगै उसको समूह चरणका खेल सकिएका छन्। तर स्पेनिस टिम भिल्ला रियल र अजरबैजानको टिम क्वार्कबर्गबीचको खेल भने बाँकी छ।

४८ टिम सहभागी हुने समूह चरणको खेलमा गएराति २३ खेलमात्र सम्पन्न हुन सके। क्वार्कबर्गका खेलाडीमा कोभिड–१९ को संक्रमण देखिएपछि भिल्लारियलविरुद्ध उसको खेल रोकिएको हो।

तर भिल्ला समूह आईको शीर्षस्थानमा रहँदै अघिल्लो चरणमा पुगेको छ भने क्वार्कबर्ग बाहिरिसकेको छ।

बिहीबार राति समूह चरणका अन्तिम दिवसको खेल भइरहँदा इटालियन क्लब रोमा भने पराजित भएको छ। तर अर्को इटालियन क्लब एसी मिलानले स्पार्टा प्रागलाई हराउन सफल बनेको छ।

त्यस्तै नापोलीले स्पेनिस क्लब रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेलेको छ। जर्मन क्लब होफेनहाइमले जेन्टलाई पराजित गरेको छ भने फ्रेन्च क्लब लिल्ले सेल्टिकसँग पराजित भएको छ।

नकआउट चरणमा पुग्ने २४ टिम

समूह एः रोमा र योङ बोइज
समूह बीः आर्सनल र मोल्डे
समूह सीः लिभरकुसन र स्लाविया प्रह
समूह डीः रेन्जर्स र बेनिफिका
समूह ईः पीएसभी र ग्रानाडा
समूह एफः नापोली र रियल सोसिडाड
समूह जीः लेस्टर सिटी र ब्रागा
समूह एचः एसी मिलान र लिल्ले
समूह आईः भिल्ला रियल र टेल अविव
समूह जेः टोटेनहम र एन्टवेप
समूह केः डिनामो जग्रेब र उल्भसबर्ग
समूह एलः होफेनहाइम र क्रेवेना जेवेज्डा

युरोपा लिगको नकआउट चरणमा स्थान बनाउने ३२ टिममा २४ टिम युरोपा लिगको समूह चरणबाट छनोट हुन्छन् भने बाँकी आठ स्थानमा टिम च्याम्पियन्स लिगको समूह चरणमा तेस्रो भएका टिमले प्रतिस्पर्धा गर्नेछन्। जसमा साल्जबर्ग, शख्तर डोनेटेस्क, ओलम्पिकाओस, आयाक्स, क्रस्नोदर, क्लब ब्रुग, डायनामो किव र म्यानचेस्टर युनाइटेड छन्।

प्रकाशित: Dec 11, 2020| 02:12 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।