सोमबार, असार २९, २०८३

युरोपा लिगमा आर्सनल, टोटेनहम र लेस्टर सिटीको जित

युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इंग्लिस क्लब आर्सनलले आयरल्यान्डको क्लब डुन्डकविरुद्ध ४–२ गोलको सहज जित निकालेको छ।
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं- युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इंग्लिस क्लब आर्सनलले आयरल्यान्डको क्लब डुन्डकविरुद्ध ४–२ गोलको सहज जित निकालेको छ।

डुन्डकको घरेलु मैदानमा सम्पन्न खेलमा आर्सनल सतप्रतिशत जितसहित युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ।

आर्सनलको सहज जितका लागि एड्डी एनकैथ, मोहम्मद एल्ननी, जोय विलोक र फोलरिनले समान १–१ गोल गरे।

जितसहित समूह बीको शीर्षस्थानमा रहेको आर्सनलले दुई खेल अगाबै नकआउट चरणमा स्थान बनाइसहेको थियो। त्यस्तै समूह बी कै अर्को क्लब र्यापिड विएनसँग २–२ गोलको बराबरी खेल्दै नकआउट चरणमा स्थान बनाएको छ।

समूह जे अन्तर्गतको बिहीबार राति सम्पन्न खेलमा टोटेनहमले घरेलु मैदानमा एन्टवेपविरुद्ध २–० गोलको जित निकालेको छ।

जितसहित १३ अंक बनाएको टोटेनहम लिगको नकआउट चरणमा प्रवेश गरेको छ। पराजयका वावजुद एन्वेप पनि नकआउट चरणमा पुगेको छ।

समूह जेका लास्क र लुडोगोरेट्स भने तेस्रो र चौथो स्थानमा रहँदै समूहबाट बाहिरिएका छन्।

बिहीबार राति नै सम्पन्न खर्को खेलमामा लेस्टर सिटीले एथेन्सलाई २–० गोलले पराजित गरेको छ। लेस्टर पनि समूह जी को शीर्षस्थानमा रहँदै समूह चरण पार गरेको छ।
 

प्रकाशित: Dec 11, 2020| 01:52 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।