आइतबार, असार २८, २०८३

नेपालको फिफा वरीयता यथावत्

विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको वरीयताअनुसार नेपाल १७१औं स्थानमा यथावत् रहेको हाे।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडाैं। नेपालको फुटबल वरीयता यथावत् रहेको छ।

विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको वरीयताअनुसार नेपाल १७१औं स्थानमा यथावत् रहेको हाे।

नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन।

बंगलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको वरीयता यथावत रहेको छ।

बंगलादेश फिफा वरीयतामा दुई स्थान झरेको छ। गत साता बंगलादेश विश्वकप छनोटअन्तर्गत कतारसित पराजित भएको थियो।

दक्षिण एसियाली देशमध्ये भारत १०४औं स्थानमा, माल्दिभ्स १५५, बंगलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलंका २०६औं स्थानमा रहेको छ। 

फुटबलको विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत् छ। फिफा वरीयतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौँ, उरुग्वे आठौँ, मेक्सिको नवौँ तथा इटाली १०औँ स्थानमा रहेको छ। रासस

प्रकाशित: Dec 10, 2020| 15:51 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।