शनिबार, कात्तिक २९, २०८२

साेनु सूद बने ग्लोबल एसियन सेलिब्रेटी

कोभिड-१९ महामारीमा सर्वसाधारणको सहयोग गरिरहेका बलिउड अभिनेता सोनु सूद यस वर्षको ग्लोबल एसियन सेलिब्रेटी छनोट भएका छन्। 
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं। कोभिड-१९ महामारीमा सर्वसाधारणको सहयोग गरिरहेका बलिउड अभिनेता सोनु सूद यस वर्षको ग्लोबल एसियन सेलिब्रेटी छनोट भएका छन्। 

National life

यसमा प्रियंका चोपडा, अरमान मलिक, अमिताभ बच्चनजस्ता कलाकार पनि प्रतिस्पर्धामा थिए। 

महामारीमा सबै आफ्नो घरमा सावधानी अपनाएर बसिरहेका बेला सोनु लकडाउनबाट प्रभावित मजदुरहरूको सहयोग गरिरहेका थिए। 

उनले धेरै मजदुरहरूको आउने–जाने व्यवस्था गरिदिएका थिए। साथै विदेशमा अलपत्र परेका सर्वसाधारणलाई पनि सहयोग गर्ने प्रयास गरेका थिए भने उनीहरूलाई भारत ल्याउने व्यवस्था गरेका थिए। 

साथै यसबाहेक गरिब बालबच्चाको पढाइ, स्वास्थ्य र सुरक्षामा समेत उनले सहयोग गरेका थिए। 

Laxmi sunrise bank
kumari

सोनु ५० एसियन सेलिब्रिटिजमा पहिलो नम्बरमा छनोट भएका हुन्। 

बेलायतस्थित इस्टर्न आई नामक एक पोर्टलले ५० जनाको सूची सार्वजनिक गरेको हो। 

आफ्नो नाम पहिलो नम्बरमा परेपछि सोनुले भनेका छन्, ‘धन्यवाद इस्टर्न आई मेरो प्रयासलाई सराहाना गरिदिएकोमा। महामारी जब मेरो देशमा फैलियो त्यतिबेला मनमा लाग्यो देशवासीको सेवा गर्नु मेरो धर्म हो। यो मेरो कर्तव्य पनि थियो। मैले जे गरेँ, त्यो अन्तिम साससम्म गरिरहनेछु।’

प्रकाशित: Dec 10, 2020| 12:43 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्