आइतबार, असार २८, २०८३

बीबीएल : पहिलो खेलमा जित निकालेको हुरिकेन्सलाई ३ अंक

अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल)को उद्घाटन खेलमा होबर्ट हुरिकेन्सले पहिलो जित निकालेको छ।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं– अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल)को उद्घाटन खेलमा होबर्ट हुरिकेन्सले पहिलो जित निकालेको छ। होबर्टको मैदानमा सम्पन्न खेलमा उसले सिड्नी सिक्सर्सलाई १६ रनले हराउँदै जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको होबर्टले कमजोर सुरुवात गर्दै पूरा ओभर खेलेर ८ विकेटको क्षतिमा १७८ रन बनाएको थियो। १७९ रनको लक्ष्य पछ्याएको सिड्नीले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १६२ रनमात्र बनाउन सकेपछि जित होबर्टको पोल्टामा परेको हो।

होबर्टका लागि टिम डेबिडले सर्वाधिक ५८ रन बनाए भने कोलिन इन्ग्रामले ५५ रनको योगदान दिए। त्यस्तै, कप्तान पिटर ह्यान्डस्कोपले २४ रन बनाए भने नाथन इलिसले १४ रन बनाए।

यता सिड्नीका लागि ड्यानियल क्रिस्टियन र बेन ड्वर्सुइसले समान ३–३ विकेट लिए। जवाफी ब्याटिङमा आएको सिड्नीका जेम्स भिन्सले ६७ रनको योगदान दिए भने ज्याक एडवर्डले ४७ रन बनाए। अन्य खेलाडीले सम्झनलायक प्रदर्शन नगरेपछि ऊ १६२ रनमै रोकियो।

सिड्नीलाई लक्ष्य पूरा गर्न नदिन जेम्स फउल्कन र रिले मेरेडिथले समान २–२ विकेट लिए। जितसहित होबर्ट हुरिकेन्सले ३ अंक जोडेको छ भने पराजित सिड्नीले एक अंक बनाएको छ। जारी सिजनमा पराजित टिमलाई पनि अंक दिने व्यवस्था छ।

हुरिकेन्सको टिममा सहभागी हुन नेपाली लेग स्पिनर सन्दीप लामिछाने आगामी मंगलबार अष्ट्रेलिया प्रस्थान गर्दै छन्।

प्रकाशित: Dec 10, 2020| 11:59 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।