आइतबार, असार २८, २०८३

तीन नयाँ नियमका साथ आजबाट बीबीएल सुरु हुँदै

नेपाली समयअनुसार आज दिउँसो दुई बजे होबर्ट हुरिकेन्स र सिड्नी सिक्सर्सको खेल होबर्ट मैदानमा सुरु भएसँगै बिग ब्यास लिग (बीबीएल) २०२० को सिजन पनि सुरु हुँदैछ।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं– नेपाली समयअनुसार आज दिउँसो दुई बजे होबर्ट हुरिकेन्स र सिड्नी सिक्सर्सको खेल होबर्ट मैदानमा सुरु भएसँगै बिग ब्यास लिग (बीबीएल) २०२० को सिजन पनि सुरु हुँदैछ।

आजबाट सुरु हुन लागेको विश्वको प्रतिष्ठित क्रिकेट फ्रेन्चाइज लिग विभिन्न नयाँ निमयमा साथ सुरु हुन लागेको छ। आयोजकले सुरुवातमै क्रिकेटका तीनवटा नियम परिवर्तन गरिने बताएको थियो। जसमा एक्स–फ्याक्टर, पावर सर्ज र ब्यास बुस्ट समावेश गरिने आयोजकले बताएको थियो।

पहिलो नियम एक्स–फ्याक्टरअनुसार पहिलो १० ओभरपछि दुवै टिमले एक खेलाडी बदल्नको लागि (सुरुवाती ११ बाहेक) दुई विकल्पमध्ये एकको प्रयोग गर्न सक्नेछ। जसले एक ओभरभन्दा धेरै बलिङ गर्न बाँकी छ वा ब्याटिङ गर्न बाँकी छ, उसलाई परिवर्तन गर्न सक्नेछ।

यो नियम अन्तर्गत ब्याटिङ गरिसकेका खेलाडी र गर्दै गरेका खेलाडीलाई भने परिवर्तन गर्न पाइने छैन। साथै सुरुवाती प्लेइङ ११ मा परेका एक खेलाडी बाहिरिने छन् र १२ वा १३ औं नम्बरमा रहेका खेलाडी मैदान पस्नेछन्।

पावर सर्ज अन्तर्गत पहिलेदेखि खेलिँदै आएको सुरुवाती ६ ओभरको पावर प्लेलाई दुई चरणमा विभाजन गरिएको छ। अब पहिलो चरणको पावरप्ले चार ओभरको हुनेछ भने बाँकी दुई ओभर दोस्रो चरणको पावरप्लेमा खेलिने छ। 

पूरा पावरप्ले भने ६ ओभरकै हुनेछ। पहिलो एकपटकमै पावरप्ले सकिने थियो भने अव दुई चरणमा पावरप्ले हुनेछ।

दोस्रो चरणमा बाँकी दुई ओभर पावरप्ले हुनेछ। यो ११ औं ओभरबाट १८ ओभरको बीच प्रयोग गर्न सकिनेछ। यो ब्याटिङ टिमले प्रयोग गर्न सक्नेछ।

तेस्रो नियम हो ब्यास बुस्ट। क्रिकेटका कुनै पनि प्रतियोगितामा विजेता टिमले दुई अंक पाउँछ र पराजित टिमले अंक पाउँदैन। तर बिग ब्यास लिगमा त्यस्तो हुनेछैन।

अब जित्ने टिमले ३ वा ४ अंक पाउनेछ। त्यस्तै पराजित हुने टिमले पनि एक अंक पाउन सक्नेछ।

१० ओभरको तुलना गर्दा पराजित हुने टिमले विजेता हुने टिमको भन्दा राम्रो अंक ल्याएको भए हार्ने टिमले एक अंक पाउने छ र विजयी टिमले तीन अंक प्राप्त गर्नेछ।

त्यस्तो, नभएमा (पराजित टिम १० ओभरको तुलनामा पनि पछि रहेमा) विजेता टिमले चार अंक पाउनेछ। यसले प्लेअफको प्रतियोगितालाई थप बलियो बनाउने छ।

आजबाट सुरु हुने बिग व्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि सम्मिलित छन्। उनले होबर्ट हुरिकेन्सबाट खेल्नेछन्। तर अष्ट्रेलिया पुगेपछि क्वारवेन्टिन बस्नुपर्ने भएकाले उनले सुरुवाती खेल भने गुमाउने भएका छन्।

यता इन्डियासँग चार शृंखलाको टेस्ट प्रतियोगिताका कारण केही अष्ट्रेलियन खेलाडीले बीबीएल गुमाउने भएका छन्। भोलिबाट सुरु हुने इन्डिया–अष्ट्रेलिया टेस्ट १९ जनवरी २०२१ मा सकिने छ भने बीबीएल ६ फेब्रुरअरीमा सकिने छ।

कोरोना महामारीको समयमा भए पनि बीबीएलमा दर्शकलाई रंगशालामा खेल हेर्न जान प्रतिबन्ध लगाइएको छैन।

 

प्रकाशित: Dec 10, 2020| 06:41 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।