आइतबार, असार २८, २०८३

अपराजित बायर्नसँगै एथ्लेटिको मड्रिड पनि अघिल्लो चरणमा

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बायर्नले लोकोमोटिभ मस्कोलाई २–० गोल अन्तरले हराएको छ।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं- च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बायर्नले लोकोमोटिभ मस्कोलाई २–० गोल अन्तरले हराएको छ।

बायर्नको घरेलु मैदानमा सम्पन्न खेलमा जित निकाल्दा बायर्न जारी सिजनको च्याम्पियन्स लिगमा अपराजित छ।

समूह चरण अन्तर्गतको अन्तिम खेलमा जितका लागि निक्लास सुले र एरिक चोउपो मोटिनले समान १–१ गोल गरे।

यता लिगबाट बाहिरिसकेको मस्कोले भने गोल गर्न सकेन्।

त्यस्तै, समूह ए कै अर्को खेलमा एथ्लेटिको मड्रिडले आरबी साल्जबर्गलाई २–० गोलले हराएको छ।

साल्जबर्गको मैदानमा सम्पन्न खेलमा मड्रिडले जित निकाल्दै लिगको अन्तिम १६ मा प्रवेश पाएको छ।

समूह सी अन्तर्गत, म्यानचेस्टर सिटीले मार्सेल्लीविरुद्ध ३–० गोलको सहज जित निकालेको छ भने पोर्टोले पनि ओलम्पिकोओसविरुद्ध २–० गोलको जित निकालेको छ।

सिटी र पोर्टो लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् भने मार्सेल्ली र ओलम्पियाकोस बाहिरिएका छन्।
 

प्रकाशित: Dec 10, 2020| 02:36 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।