आइतबार, असार २८, २०८३

रियल मड्रिड र ग्लाडबाख च्याम्पियन्स लिगको नकआउट चरणमा

समूह बी अन्तर्गत रियलको घरेलु मैदानमा सम्पन्न खेलमा घरेलु टिमले ग्लाडबाखविरुद्ध २–० गोलको जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं- पेचिलो प्रतिस्पर्धा रहेको समूह बीबाट रियल मड्रिड र मोन्छेनग्लाडबाख च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन्।

समूह बी अन्तर्गत रियलको घरेलु मैदानमा सम्पन्न खेलमा घरेलु टिमले ग्लाडबाखविरुद्ध २–० गोलको जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो।

जितका लागि करिम बेञ्जेमाले दुवै गोल गरेका थिए। उनले खेलको नवौं मिनेटमा पहिलो गोल गरे भने ३१ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमै दुई गोलको अग्रता दिलाए।

तर दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन नसकेपछि रियलले २–० अग्रतामै खेल जितेको थियो। जितसँगै रियलले १० अंक बनायो भने ग्लाडबाखको ८ अंक मात्र छ।

सोही समूहको अर्को खेलमा शख्तर डोनेटेस्कले इन्टार मिलानसँगै गोलरहित बराबरी खेल्दै दुवै टिम लिगबाट बाहिरिएका छन्।

इन्टर मिलानको मैदानमा सम्पन्न खेलमा दुवै टिमले गोल गर्न सकेनन्। यससँगै समान ८ अंक भएको शख्तर ग्लाडबाखसँग गोलअन्तरले पछि पर्दै तेस्रो स्थानमा सिमित बनेको छ।

यता इन्टर मिलान ६ अंकका साथ पुछारमा छ।
 

प्रकाशित: Dec 10, 2020| 01:47 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।