आइतबार, असार २८, २०८३

लिभरपुलसँगै एटलान्टा पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा

एक खेल अगावै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको लिभरपुल बुधबार रातिको खेलमा मिजुल्यान्डसँग बराबरीमा रोकिएको छ।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं– एक खेल अगावै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको लिभरपुल बुधबार रातिको खेलमा मिजुल्यान्डसँग बराबरीमा रोकिएको छ।

च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा लिभरपुलले घरेलु टिम मिजुल्यान्डसँग १–१ गोलको बराबरी खेलेको हो।

खेलको पहिलो मिनेटमै मोहम्मद सलाहले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए। सो अग्रतासँगै दबाबमा आएको मिजुल्यान्डका अजेक्जेन्डर स्कोल्जले ६२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

बराबरीसँगै १३ अंक बनाएको लिभरपुल लिगको नकआउट चरणमा पुगिसकेको छ भने मिजुल्यान्ड जारी सिजनको च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

सोही समूहमा एटलान्टाले आयाक्सलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश पाएको छ। आयाक्सको मैदानमा १० खेलाडीमा समेटिएको घरेलु टिमविरुद्ध १–० गोलको संघर्षपूर्ण जित निकाल्दै एटलान्टाले अन्तिम १६ मा प्रवेश पाएको हो।

समूह डीमा एटलान्टाको ११ अंक छ भने पराजित आयाक्सले ७ अंक छ।

यससँगै सलाह लिभरपुलबाट च्याम्पियन्स लिगमा गोल गर्ने शीर्ष गोलकर्ता बनेका छन्। उनले सबैभन्दा धेरै २२ गोल गरेका छन् भने गेरार्डले २१ गोल गरेका छन्।

प्रकाशित: Dec 10, 2020| 01:12 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।