आइतबार, असार २८, २०८३

पीएसजीको जितमा नेयमार र एम्बाप्पेको सानदार प्रदर्शन

च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इस्तानबुल बसाक्षेरविरुद्ध फराकिलो जित निकालेको छ।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं– च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इस्तानबुल बसाक्षेरविरुद्ध फराकिलो जित निकालेको छ।

पीएसजीको मैदानमा सम्पन्न खेलमा घरेलु टिमले इस्तानबुलविरुद्ध ५–१ गोलको जित निकालेको हो। जितका लागि नेयमारले ह्याट्रिक गरे भने केलियन एम्बाप्पेले दुई गोलको योगदान दिए।

खेलको २१ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका नेयमारले ३८ औं मिनेटमा दोस्रो गोल गरे।

४२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै एम्बाप्पेले गोल गरेपछि भने पीएसजी पहिलो हाफमै तीन गोलले अघि रह्यो।

दोस्रो हाफमा पनि पीएसजीले दुई गोल थप्यो। ५० औं मिनेटमा नेयमारले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे भने एम्बाप्पेले ६२ औं मिनेटमा गोल गर्दै खेललाई फराकिलो अन्तरमा पुर्याए।

यसबीच स्तानबुलका मेहमत टोपालले ५७ औं मिनेटमा सान्त्वना गोल गरे।

जितसँगै १२ अंक बनाएको पीएसजी समूहको शीर्षस्थानमा छ। त्यस्तै समान १२ अंक भएको लाइप्जिक दोस्रो स्थानमा रहँदै लिगको अन्तिम १६ मा प्रवेश गरिसकेको छ।

तेस्रो र चौथो स्थानका म्यानचेस्टर युनाइटेड र इस्तानबुल भने समूह चरणबाटै बाहिरिएका छन्।

मंगलबार राति रंगभेदको विवादका कारण पीएसजी र इस्तानबुलको खेल १४ मिनेटबाट रोकिएको थियो। त्यही खेलको बाँकी भाग बुधबार राति सम्पन्न भएको हो।
 

प्रकाशित: Dec 10, 2020| 00:54 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।