मंगलबार, चैत ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नवौं राष्ट्रिय खेलकुदको मिति राखेपको बोर्ड बैठकले तय गर्छ : मन्त्री विश्वकर्मा

नवौं राष्ट्रिय खेलकुदको मिति राखेपको बोर्ड बैठकले तय गर्छ : मन्त्री विश्वकर्मा

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकमा तय गरिने बताएका छन्।
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं- युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकमा तय गरिने बताएका छन्।

National life

आज ललितपुरको सातदोबाटोमा राखेपले आयाेजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले नवौं राष्ट्रिय खेलकुदको मिति राखेपले निर्धारण गर्ने बताएका हुन्। 

'खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न सक्दैन, कोभिड-१९ को प्रभाव र असरलाई न्यूनीकरण गर्दै खेल क्षेत्रको विकास, विस्तार र समृद्धिलाई कसरी लैजाने यो नै चुनौती र अभिभारा हो,' उनले भने, '१३औं साग सम्पन्न पश्चात एक वर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको छ, कोरानाको परिवेश नभएको भए नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा आयोजना गर्ने संकल्पबाट विचलित हुने थिएनौं।'

मन्त्री विश्वकर्माले भव्यताको कुनै कमी नरहने गरी नवौं राष्ट्रिय खेलकुद सप्पन्न गर्ने बताएका छन्। 

अन्तरक्रिया कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद २०७७ आयोजना तथा सञ्चालनसम्बन्धी विषयमा छलफल भएको थियो।

Laxmi sunrise bank
kumari

त्यस्तै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन तथा राष्ट्रिय संघको जिम्मेवारी, दायित्व र खेल गतिविधि सञ्चालन गर्ने सम्बन्धमा ३६ राष्ट्रिय संघबीच छलफल भएकाे थियाे।

कार्यक्रममा राखेपका सदस्य-सचिव रमेशकुमार सिलवालले  खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयास भएको बताए।

उनले भने, 'ओलम्पिकमा समावेश हुने खेललगायत अन्य खेलहरूको पनि प्रशिक्षण सुरु भएको छ, कोभिडको केन्द्र खेलकुद नबनोस् त्यो कुरामा हामी सचेत छौं।'

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद जीवनराम श्रेष्ठले कोभिडका कारण नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमा हुन नसक्ने बताए। 

प्रकाशित: Dec 09, 2020| 13:48 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।