आइतबार, असार २८, २०८३

विश्वकपको युरोपेली छनोटमा कतार पनि सहभागी हुने

फिफा विश्वकप २०२२ को आयोजक राष्ट्र कतारलाई युरोपेली फुटबल महासंघ (यूईएफए)ले विश्वकप युरोपेली छनोटमा सहभागिताको लागि निम्तो गरेको छ।
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं– फिफा विश्वकप २०२२ को आयोजक राष्ट्र कतारलाई युरोपेली फुटबल महासंघ (यूईएफए)ले विश्वकप युरोपेली छनोटमा सहभागिताको लागि निम्तो गरेको छ। कतारलाई विश्वकप तयारीमा सहयोग पुर्याउन उसले विश्वकप आयोजक राष्ट्रलाई पनि प्रतियोगितामा स्थान दिएको हो।

अब कतारले युरोपिनय राष्ट्र पोर्चुगल, सर्बिया, रिपब्लिक अफ आयरल्यान्ड, लक्जेम्बर्ग र अजरबैजानसँग होम–अवे गरी दश मैत्रीपूर्ण खेल्नेछ।

तर आयोजक राष्ट्रको रुपमा विश्वकपमा उसको सहभागिता निश्चित भइसकेको छ। यसकारण छनोट खेलका दौरान उसले पाएको अंकले उसको विश्वकप सहभागितालाई प्रभाव पर्ने छैन। तर उसको घरेलु खेल पनि युरोपमै खेल्नुपर्ने छ। कतारी टिम र बाँकी टिमले लामो यात्रा गर्नु नपरोस् भनेर होम गेम युरोपमै तय गरिएको यूईएफएले बताएको छ।

जापानलाई पछि पार्दै २०१९ को एसिया कप आयोजना गरेको कतारले पहिले पनि कोपा अमेरिकामा मैत्रीपूर्ण खेलिसकेको छ।

उसले २०१९ मा अर्जेन्टिना, कोलम्बिया र पराग्वेसँगको समूहमा खेल्दै एक अंक प्राप्त गरेको थियो।

यूईएफएले सन् २०१६ मा यूरो कपको अयोजकको रुपमा फ्रान्सलाई पनि मैत्रीपूर्ण खेलका लागि सहभागी गराएको थियो। कतार युरोपेली राष्ट्रहरुको विश्वकप छनोटमा खेल्न पाउने यूरोपबाहिरको पहिलो राष्ट्र हो।

कतार फिफा विश्व वरीयताको ५५ औं स्थानमा छ। साथै २०२२ को विश्वकपमा ऊ पहिलोपटक सहभागी बन्दै छ।

–बीबीसी
 

प्रकाशित: Dec 09, 2020| 10:06 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।