शुक्रबार, फागुन १५, २०८२

सामाजिक कामका लागि १० करोड ऋण लिँदै बलिउड अभिनेता सोनू सूद

कोरोना महामारी सुरु भएदेखि नै बलिउड अभिनेता सोनू सूद यसबाट प्रभावित मानिसलाई सहयोग गरिरहेका छन्। 
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं– कोरोना महामारी सुरु भएदेखि नै बलिउड अभिनेता सोनू सूद यसबाट प्रभावित मानिसलाई सहयोग गरिरहेका छन्। 

National life

लकडाउनको समयमा उनले हजारौं मानिसलाई खानेकुरा, लत्ताकपडाका साथै अन्य अत्वायश्यक वस्तु र नगदसमेत सहयोग गरे। हजारौं मजदुरलाई आफ्नो घर पुग्न मद्दत गरे। यसका लागि उनले विमान चार्टर्डसमेत गरेका थिए।

फिल्मका खतरनाक भिलेन, लकडाउनमा हिरो

उनको काम देखेर कतिपयले त उनलाई ‘मजदुरका भगवान’ समेत भनिदिए। अहिले फेरि उनले आफ्नो सामाजिक कामलाई तीव्रता दिन लागेका छन्। समाज सेवाकै लागि उनले आफ्नो सम्पत्ति धितो राखेर १० करोड भारु ऋण लिन लागेको बताइएको छ। 

सोनूले आफ्नो दुईवटा व्यवसाय र ६ वटा फ्लाट धितो राखेर उक्त ऋण लिन लागेका हुन्। यो सम्पत्तिका मालिक सोनू र उनकी पत्नी सोनाली हुन्। 

ट्विटरमा सक्रिय सोनूले कोरोना महामारीका कारण समस्यामा परेका मानिसहरुलाई खुलेरै सहयोग गरिरहेका छन्। यसका लागि उनले हेल्पलाइन नम्बर पनि सार्वजनिक गरेका छन्। 

Laxmi sunrise bank

 
 

प्रकाशित: Dec 09, 2020| 08:38 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्