आइतबार, असार २८, २०८३

च्याम्पियन्स लिग : समूह चरणको अन्तिम दिन १८ टिमको भिडन्त

अहिलेसम्मको खेलबाट अन्तिम १६ मा जाने १२ टिमको टुंगो लागिसकेको छ भने चार टिमको निर्क्याेल हुन बाँकी छ।
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं- यूईएफए च्याम्पियन्स लिग २०२०/२१ मा समूह चरण अन्तर्गत आज(बुधबार) राति अन्तिम दिनको खेल हुँदैछ।

आजका खेल सकिएसँगै जारी सिजनको समूह चरणका सबै खेल सकिने छन्।

कोरोना महामारीका कारण ढिलो गरी गत अक्टोबर २० बाट मात्र खेल सुरु भएको थियो। लिगको समूह चरणअन्तर्गत पहिलो खेलमा रसियन क्लब जेन्टले बेल्जियन क्लब ब्रुगको सामना गरेको थियो।

त्यस्तै समूह चरणमा आज राति पौने २ बजे हुने ६ खेलमा १२ टिमले प्रतिस्पर्धा गर्नेछन्। यसबाट लिगको नकआउट चरणमा पुग्ने टिमको टुंगो लाग्नेछ।

लिगको समूह चरणको खेलमा ३२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। जसमध्ये १६ टिम नकआउट चरणमा प्रवेश गर्नेछन्।

अहिलेसम्मको खेलबाट अन्तिम १६ मा जाने १२ टिमको टुंगो लागिसकेको छ भने चार टिमको निर्क्याेल हुन बाँकी छ।

कुन समूहबाट कुन कुन टिम भए छनोट ?

समूह एः बायर्न म्युनिख र अर्को टिम आजको खेलबाट छनोट हुने

समूह बीः दुवै टिम आजकै खेलबाट छनोट हुने

समूह सीः एफसी पोर्टो र म्यान्चेस्टर सिटी

समूह डीः लिभरपुल र अर्को टिम आजको खेलबाट छनोट हुने

समूह ईः सेभिया र चेल्सी

समूह एफः बोरुसिया डर्टमुन्ड र लाजियो

समूह जीः युभेन्टस र बार्सिलोना

समूह एचः पेरिस सेन्ट जर्मेन र आरबी लाइप्जिग

आजका खेलहरु

लिभरपुल र मिजुल्यान्ड, राति ११ः४० बजे

पीएसजी र इस्तानबुल बसक्षेर, राति ११ः४० बजे

आयाक्स र एटलान्टा, राति ११ः४० बजे

बायर्न र लोकोमोटिभ मस्को, राति पौने २ बजे

रियल मड्रिड र मोन्छेनग्लाडबाख, राति पौने २ बजे

आरबी साल्जबर्ग र एथ्लेटिको मड्रिड, राति पौने २ बजे

म्यानचेस्टर सिटी र मार्सेल्ली, राति पौने २ बजे

इन्टर मिलान र खश्तर डोनेटेस्क, राति पौने २ बजे

ओलम्पिकाओस र पोटो, राति पौने २ बजे
 

प्रकाशित: Dec 09, 2020| 07:55 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।