आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पूर्वराष्ट्रिय खेलाडी तथा अम्पायर ढुंगानाको निधनमा क्रिकेटरले दिए श्रद्धाञ्जली

पूर्वराष्ट्रिय खेलाडी तथा अम्पायर ढुंगानाको निधनमा क्रिकेटरले दिए श्रद्धाञ्जली

पूर्वखेलाडी, राष्ट्रिय अम्पायर तथा रुपन्देही जिल्ला क्रिकेट संघका सल्लाहकार ढुंगानाको मंगलबार निधन भएको थियो।
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं – बन्द प्रशिक्षणमा सम्मिलित राष्ट्रिय क्रिकेट टिमका खेलाडीले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी सुनिल ढुंगानालाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

पूर्वखेलाडी, राष्ट्रिय अम्पायर तथा रुपन्देही जिल्ला क्रिकेट संघका सल्लाहकार ढुंगानाको मंगलबार निधन भएको थियो। खेलाडीले आजको अभ्यासपूर्व श्रद्धाञ्जली अर्पण गरेका हुन्।

ढुंगानाको सम्झनामा बन्द प्रशिक्षण सुरु भएको १४ औ दिन खेलाडीले श्रद्धाञ्जली दिँदै प्रशिक्षण सुरु गरेका छन्।

कोराना महामारीका कारण गत चैतबाट लकडाउन सुरु भएसँगै नेपाली क्रिकेट टिमले सामूहिक अभ्यास गर्न पाएको थिएन्। गत असोजमा मात्र नेपाल सरकारले खेलकुद गतिविधि खुलाउने निर्णय गरेसँगै मंसिर ११ बाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएको हो।

नेपालमा आगामी पुस ११ गतेबाट प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता पनि सुरु हुँदै छ। त्यसका लागि पुरुष तथा महिला खेलाडीको जिल्ला छनोटका खेल भइरहेका छन्।

त्यस्तै, क्यानले राष्ट्रिय टोलीको प्रशिक्षण नियुक्त गर्ने काम पनि अन्तिम चरणमा पुर्याएको छ। प्रशिक्षण छनोटमा ७२ जनाले आवेदन दिएका थिए। उनीहरुको आवेदन छनोटका दुई चरणमा पार गर्दै तीन जनाको नाम आईसीसीमा पठाइएको छ।
 

प्रकाशित: Dec 09, 2020| 06:16 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।