कोरोना भाइरस महामारीको समयमा सुनको मूल्यले रेकर्ड तोड्यो विश्व बजारमा। अचानक सुनको मूल्यमा उछाल आयो। गत वर्ष नै अन्तर्राष्टियस्तरमा सुनको उत्पादनमा एक प्रतिशतले कमी आएको थियो।
सुन उत्पादनमा आएको यो एक दशककै सबैभन्दा ठूलो गिरावट हो। जानकारहरुका अनुसार सुनको खानीबाट सुन निकाल्ने सीमा अब पूरा भइसकेको छ। जबसम्म सुन खानीबाट उत्खनन् पूरै बन्द हुँदैन, तबसम्म सुनको उत्पादन घटि नै रहन्छ।
सुनको मूल्य उच्च हुनुको कारण अमेजनको जंगलमा सुनको खानीमा ठूलो मात्रामा अवैध उत्खनन् कम हुनु पनि हो। सुनको मूल्यमा उछाल त आएको छ, तर यसको मागमा कुनै कमी आएको छैन। सीएफआर इक्विटी रिसर्चका एक विज्ञ मैट मिलरले सुनको माग अहिले जति छ, त्यति पहिले कहिल्यै नभएको बताएका छन्।
मिलरका अनुसार विश्वभर पाइने सुनको लगभग आधा हिस्सा गहना बनाउन प्रयोग गरिन्छ। बाँकी रहेको सुनको एक चौथाइ हिस्सा केन्द्रीय बैंकले नियन्त्रण गर्छ भने बाँकी लगानीकर्ता वा निजी कम्पनीले प्रयोग गर्ने गर्छन्।
मिलरका अनुसार कोरोनाका कारण पूरै विश्वको अर्थतन्त्र कमजोर बनेको छ। अमेरिकी डलरदेखि सबैजसो देशका मुद्रा कमजोर बनेका छन्। लगभग सबै देशको सरकारी ढुकुटी कोरोना नियन्त्रणका लागि खर्च भइरहेको छ। मुद्रा छपाइका लागि धेरै रकम उधारो लिने गरिएको छ।
जानकारहरुका अनुसार यही कारण मुद्राको मूल्य अस्थिर बनेको छ। लगानीकर्ताले सुनलाई भरोसायोग्य सम्पत्ति मान्ने गरेका छन्। कोरोना महामारीका कारण सुन उत्खननको कामसमेत प्रभावित बनेको छ। निकट भविष्यमा यसको आपूर्ति बढ्ने सम्भावनासमेत छैन। मिलरका अनुसार सुनको माग अहिले जसरी नै बढ्दै जानेछ। अहिले बजारमा आएको सुन रिसाइकल गरिएको सुन हो।
आगामी दिनमा रिसाइकल भएको सुन, सुनका सिक्का र इलेक्ट्रिक उपकरणको सर्किट बोर्डमा प्रयोग हुने सुनसमेत यस धातुको एक महत्वपूर्ण स्रोत हुने मिलरको भनाइ छ।
एक अध्ययनका अनुसार २० वर्षमा सुनको जति आपूर्ति भएको छ, यसको ३० प्रतिशत हिस्सा रिसाइकलबाट नै आउने गरेको छ। सुनको रिसाइक्लिङमा केही विषाक्त रसायनको प्रयोग हुन्छ, जुन पर्यावरणका लागि घातक छ। तरपनि यो सुन उत्खननको प्रक्रियाभन्दा कम घातक छ। जर्मनीको गोल्ड रिपाइनरको एक अध्ययनका अनुसार एक किलो सुन रिसाइकल गर्दा ५३ किलो कार्बनडाइअक्साइड निस्कन्छ। जबकी खानीबाट यति नै सुन निकाल्दा १६ टन वा त्योभन्दा बढी कार्बनडाइअक्साइड निस्कन्छ।
सुनको उत्खननले पर्यावरणमा नकारात्मक प्रभाव पर्छ। त्यसैले विश्वभर जहाँ सुनको उत्खनन् हुन्छ, त्यहाँका स्थानीयले यसको विरोध गर्छन्। यो विरोधको कारणले समेत सुनको उत्पादनमा भारी मात्रामा कमी आइरहेको छ। चिलीको पुस्कुआलामा यसै कारणाले उत्खनन् रोकिएको थियो।
यसैगरी उत्तरी आयरल्यान्डको देश टाइरोनमा मानिसहरु सडकमा उत्रिए। उनीहरुले त्यस इलाकामा सुनको खानी संचालनमा रोक लगाउनुपर्ने माग राखेका थिए। केही कम्पनीले त्यहाँ प्रोजेक्ट सुरु गर्न चाहन्थे। तर स्थानीयले यसको लगातार विरोध गर्दै आएका छन्। उनीहरुले उत्खननका कारण त्यस ठाउँमा जति नोक्सान हुन्छ, त्यसको भरपाई कम्पनीले नै गर्नुपर्ने बताइरहेका छन्। यो ठाउँका स्थानीय पछिल्लो ३० वर्षयता लगातार रोजगारीको कमीसँग जुधिरहेका छन्। कम्पनीले उनीहरुलाई रोजगारीका साथै अन्य सुविधा दिने प्रतिवद्धता जनाएका छन्। तर पनि स्थानीय सहमत छैनन्।
यद्यपी जहाँ सुनको खानी छ, त्यहाँका मानिसको जीवनशैलीमा परिवर्तन आएको छ। अमेरिकाको नेवाडा सूबेको गोल्ड माइन विश्वको सबैभन्दा ठूलो सुन खानी हो। यहाँबाट हरेक वर्ष सय टनभन्दा धेरै सुन निकालिन्छ। यस ठाउँको आसपासका मानिसलाई खानीका कारण रोजगारी मात्रै प्राप्त भएको छैन, उनीहरुको रहनसहन समेत राम्रो बनेको छ। सुन खानीबाट सुनमात्रै निस्कँदैन, त्यहाँबाट तामा, सिसा लगायतका अन्य मूल्यवान धातुसमेत निस्कन्छ।
उत्तरी आयरल्यान्डको कुरेघिनाल्ट खानी ब्रिटेनमा पाइएको अहिलेसम्मकै ठूलो सुन खानी हो। खानीको आसपास करिब २० हजार मानिस बसोबास गर्छन्। खानी आसपास घना जंगल र खेत छ। त्यहाँ काम गर्न इच्छुक कम्पनीले मानिसहरुलाई सहमत गराउने कोसिस गरिरहेका छन्। कम्पनीले भूमिगत खानीको निर्माण विदेशमा प्रयोग हुने प्रविधिको सहयोगमा छेडेर गर्ने बताएको छ।
कम्पनीले मानिसलाई पानीसमेत ३० प्रतिशत भन्दा कम गर्ने बताएको छ। कार्बन उत्सर्जन समेत २५ प्रतिशतसम्म नियन्त्रित गरेर यूरोपको पहिलो कार्बन न्यूट्रन माइन बनाउने बताइएको छ। तर मानिसहरु कुनै पनि सर्तमा सुन उत्खनन् गर्न नदिने अडानमा अडिग रहे। जसका कारण कम्पनीले सन् २०१९ मा प्रोजेक्ट नै बन्द गर्नुपर्यो।
–बीबीसी