आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • बेलायतमा भोलि कोरोनाविरुद्धको खोप लगाइँदै, सुरुमा वृद्धवृद्धा र स्वास्थ्यकर्मीलाई

बेलायतमा भोलि कोरोनाविरुद्धको खोप लगाइँदै, सुरुमा वृद्धवृद्धा र स्वास्थ्यकर्मीलाई

बेलायतमा भोलि कोरोनाविरुद्धको खोप लगाइँदैछ। बेलायतमा फाइजर र बायो एन टेक कम्पनीले निर्माण गरेको खोपलाई अनुमति प्राप्त भएपछि भोलिदेखि लगाउन लागिएको हो।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

एजेन्सी- बेलायतमा भोलि कोरोनाविरुद्धको खोप लगाइँदैछ। बेलायतमा फाइजर र बायो एन टेक कम्पनीले निर्माण गरेको खोपलाई अनुमति प्राप्त भएपछि भोलिदेखि लगाउन लागिएको हो।

National life

त्यहाँ पहिलो चरणमा स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिइनेछ। साथै हेरचाहको काम गर्ने कर्मचारीलाई पनि यो खोप प्रदान गरिनेछ।

बेलायतमा निर्माण भएकाे याे खोप यसअघि हजारौँ स्वयम् सेवकमा परीक्षण गरिएको छ। परीक्षणबाट खोप ९५ प्रतिशत प्रभावकारी भएको पाइएपछि त्यहाँको सरकारले प्रयोगको अनुमति दिएको हो।

यसअघि कोरोनाविरुद्धको खोप रसियाले प्रयोग गरिसकेको छ। उसले आफ्नै देशमा उत्पादित स्पुतनिक–५ खोप शनिबारदेखि मस्कोमा दिन सुरु गरेको हो।

यस्तै चीनले पनि केही कम्पनीका खोपहरुलाई अनुमति दिइसकेको छ यद्यपि उसले आफ्नो देशमा खोप कार्यक्रम सुरु गरेको छैन।

चीनको सिनोफार्म कम्पनीले निर्माण गरेको खोप संयुक्त अरब इमिरेट्समा लगाइएको छ। त्यहाँ अग्रपंक्तिमा खटेर काम गर्ने विभिन्न निकायका कर्मचारीलाई उक्त खोप प्रदान गरिएको छ।

प्रकाशित: Dec 07, 2020| 14:55 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।