सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चीनले पठाएको कोरोनाविरुद्धको १२ लाख खोप इन्डोनेसिया पुग्यो

चीनले पठाएको कोरोनाविरुद्धको १२ लाख खोप इन्डोनेसिया पुग्यो

इन्डोनेसियाले कोरोना भाइरसविरुद्धको खोप प्राप्त गरेको छ। चीनले पहिलो चरणमा इन्डोनेसियालाई १२ लाख डोज खोप दिएको छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

एजेन्सी- इन्डोनेसियाले कोरोना भाइरसविरुद्धको खोप प्राप्त गरेको छ। चीनले पहिलो चरणमा इन्डोनेसियालाई १२ लाख डोज खोप दिएको छ। साथै थप १८ लाख खोप अर्को महिना पठाउने भएको छ।

चीनको सिनोभाक कम्पनीले निर्माण गरेको खोप इन्डोनेसियाले प्राप्त गरेको हो। इन्डोनेसिया संसारकै धेरै जनसंख्या भएको चौथो ठूलो देश हो जसले कोरोना भाइरसविरुद्धको लडाईँमा निकै संघर्ष गरिरहेको छ।

चीनले पठाएको १२ लाख गोड खोप जाकार्तामा आइतबार पुगेको हो। चीनले अर्को महिना थप १८ लाख डोज खोप पठाइदिनेछ।

चीनमा आधिकारिक रुपमा कुनै खोपलाई लगाउन अनुमति नदिइए पनि सिनोभाकले उत्पादन गरेको खोप प्रभावकारी भएको भन्दै इन्डोनेसिया पठाइएको हो।

यस्तै बेलायतमा फाइजर र बायोटेक कम्पनीले निर्माण गरेको कोरोनाविरुद्धको खोप भोलिदेखि लगाउन सुरु गरिँदैछ।

प्रकाशित: Dec 07, 2020| 11:25 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।