आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसमा समायोजनको सकस, सहमहामन्त्री महत भन्छन्- यसै साता टुंगिन्छ

Siddartha premir insuranceSiddartha premir insurance

कांग्रेसमा समायोजनको सकस, सहमहामन्त्री महत भन्छन्- यसै साता टुंगिन्छ

कांग्रेसमा क्रियाशील सदस्यले क्षेत्रीय प्रतिनिधि छनोट गर्छन् र क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि। जसका कारण क्रियाशील सदस्यता वितरणको मामिलामा कांग्रेसमा सधैं विवाद हुने गरेको छ। 
 |  सोमबार, मंसिर २२, २०७७
nespernesper

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

सोमबार, मंसिर २२, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आन्तरिक किचलो समाधानतर्फ अघि बढेको छ। 

triton college

अन्य दलबाट पार्टी प्रवेश गरेकाहरूको समायोजन, क्रियाशील सदस्यतालगायत विषयमा सहमति जुटाउन उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत र महेश आचार्यलगायत नेता निरन्तर छलफलमा छन्।  

गत शुक्रबार बसेको पदाधिकारी बैठकले मंसिरभित्रै पार्टीका सबै विवाद समाधान गरिसक्ने निर्णय गरेअनुसार आइतबार नेताहरू छलफलमा जुटेका थिए। छलफल सकारात्मक दिशातर्फ उन्मुख भएको नेताहरूले दावी गरेका छन्।  

सहमहामन्त्री महतका अनुसार विवादित सबै विषयमा आइतबार नै करिब सहमति जुटेको र बुधबार हुने छलफलमा सबै विषय टुंग्याउने महतले दाबी गरे। 

‘धेरै कुरामा करिब करिब सहमति जुटिसकेको छ। बाँकी थोरै विषयमा बुधबार छलफल गरेर टुंग्याउँँछौं,’ महतले भने, ‘अन्य दलबाट आउनुभएका साथीहरूको समायोजनको विषय अलि पेचिलो थियो। यसलाई पनि हल गर्ने कुरा सकारात्मक रुपमा अघि बढेको छ।’

Metro Mart
vianet

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समेत विवाद समाधान गर्ने विषय सकारात्मक रूपमा अघि बढिरहेको बताएको छ। पार्टीभित्र विभाग गठन, विस्तार, क्रियाशील सदस्यतालगायत विषयमा पौडेल पक्षले गत असोज १२ गते सभापति शेरबहादुर देउवालाई १६ बुँदे ज्ञापनपत्र बुझाएको थियो। 

२७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेको उक्त ज्ञापनपत्रमा पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन निष्पक्ष रुपमा हुने वातावरण बनाउन माग गरिएको थियो।  

अहिले विवाद समाधान त्यही १६ बुँदे अनुरूप नै अघि बढेको नेता अर्जुननरसिंह केसीले बताए। ‘हामीले बुझाएको १६ बुँदे ज्ञापनपत्रमा उल्लेख भएका धेरै कुरामा सहमति जुटेको छ। सबै विषयमा सहमतिको विन्दुमा पुग्ने प्रयत्न जारी छ,’ नेता केसीले भने। 

शुक्रबारको पदाधिकारी बैठकले निकालेको निष्कर्ष अनुसार नै मंसिरभित्र विवाद समाधान गर्ने र त्यसलाई अन्तिम रुप दिएर केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने उनले जानकारी दिए।

समायोजन नै जटिल 

कांग्रेसभित्र अहिले नवप्रवेशी नेता–कार्यकर्ताको व्यवस्थानको मुद्दा जटिल बनेको छ। 

३० असोज २०७४ मा कांग्रेसमा आफ्नो दल लोकतान्त्रिक फोरमलाई विलय गराएका विजयकुमार गच्छदारदेखि गएको साउनमा राप्रपाका तत्कालीन नेता सुनीलबहादुर थापासँगै कांंग्रेस प्रवेश गरेका नेता कार्यकर्ताको समायोजनको प्रक्रिया अझै टुंगिएको छैन।

ती नेता–कार्यकर्ताको व्यवस्थापनका लागि वितरण गरिने क्रियाशील सदस्यताले महाधिवेशनको नतिजामै प्रभाव पार्ने हुँदा यो विषय जटिल बनेको हो।  

कांग्रेसमा क्रियाशील सदस्यले क्षेत्रीय प्रतिनिधि छनोट गर्छन् र क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि। जसका कारण क्रियाशील सदस्यता वितरणको मामिलामा कांग्रेसमा सधैं विवाद हुने गरेको छ। 

२०७४ सालको चुनावको पूर्वसन्ध्यामा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा विलिन भएको थियो। तर, तीन वर्षसम्म पनि गच्छदारसँग आएका नेता–कार्यकर्ताको समायोजन हुन सकेको छैन।

गच्छदारले उपसभापतिको जिम्मेवारी पाएका छन्। उक्त समूहले ११ केन्द्रीय सदस्य र दुई जना आमन्त्रित केन्द्रीय सदस्य पाएको छ। यस्तै कांग्रेसमा विलिन भएका अखण्ड नेपाल, अखण्ड नेपाल समानान्तर लगायतका साना पार्टीका नेता कार्यकर्ताको समेत समायोजन टुंगिएको छैन। 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवेश गरेका सुनीलबहादुर थापाले महामन्त्रीको जिम्मेवारी पाएका छन्। उनीसँगै राप्रपाबाट कांग्रेस प्रवेश गरेका पाँच जनलाई केन्द्रीय सदस्य र दुई जनालाई आमन्त्रित केन्द्रीय सदस्य बनाइएको छ। यसबाहेक पनि देउवाले विभिन्न जिल्लामा अन्य दल परित्याग गरेर आएका नेताहरुलाई केन्द्रीय सदस्य बनाएका छन्। 

गच्छदार समूहले आफ्ना २५ हजार क्रियाशील सदस्य भएको विवरण बुझाएका छन्। तर, गच्छदारले बुझाएको सूची छानविन गर्न विवरण जिल्ला तहमा पठाइएको छ। थापाले भने अहिलेसम्म क्रियाशील सदस्यको विवरण बुझाएका छैनन्। यस्तै ३५ जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेकाहरुको विवरण समेत केन्द्रमा पुगेको छ।  

समायोजनका लागि कांग्रेस उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले काम गरिरहेको छ। तर, समितिको कामकारबाही प्रति वरिष्ठ नेता पौडेल पक्ष सन्तुष्ट छैन।  

‘समायोजनको काम सकेर महाधिवेशन तर्फ अघि बढ्नुपर्ने छ। यो विषयमा तत्कालै टुंगो लगाउनुपर्ने छ। तर, जिम्मा पाउनुभएका विमलेन्द्र निधिले ढिला गरिरहनुभएको छ,’ वरिष्ठ नेता पौडेलले भने, ‘अब चाँडोभन्दा चाँडो समायोजन टुंग्याउनुपर्छ।’ 

अन्य दलबाट आएकाले कति पाए क्रियाशील सदस्य ?

विजयकुमार गच्छदार (नेपाल लोकतान्त्रिक फोरम) ५१ जिल्लामा २५,४६८

कुमार खड्का (अखण्ड नेपाल) २३ जिल्लामा १,०५६ जना

दयाराम पाण्डे (अखण्ड नेपाल समानान्तर) ४२ जिल्लामा ५२४ जना

मोहनसिंह राठोर (एमाले, कैलाली) ३७१

जंगीलाल राय (राजपा, सर्लाही) ५८० जना

शम्भुलाल श्रेष्ठ (माओवादी, सर्लाही) ६१० जना

कृष्णदेव यादव (सर्लाही) २५६ जना

कर्णबहादुर बुढा (राप्रपा, डोल्पा) ५०० जना

जनकलाल कलौनी (माओवादी, डडेल्धुरा) १,१०७ 

प्रकाशित: Dec 07, 2020| 11:03 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।