बिहीबार, फागुन २८, २०८२

हतियार बजारमा अमेरिका र चीनको दबदबा

सन् २०१९ मा विश्व हतियार बजारमा अमेरिका र चीनको दबदबा रहेको पाइएको छ। 
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

सन् २०१९ मा विश्व हतियार बजारमा अमेरिका र चीनको दबदबा रहेको पाइएको छ। 

National life

हतियारसम्बन्धी अनुगमन गर्ने संस्था स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिपरी) ले जारी गरेको एक प्रतिवेदनमा यस्तो उल्लेख छ।

प्रतिवेदनका अनुसार पहिलोपटक मध्यपूर्व शीर्ष २५ हतियार निर्माताको सूचीमा सामेल भएको छ। 

स्विडेनस्थित अनुसन्धान संस्था सिपरीले जारी गरेको प्रतिवेदनमा सन् २०१९ मा बढी हतियार व्यापार गर्नेमा अमेरिकाका कम्पनी लकहिड मार्टिन, बोइङ, नर्थोरुप ग्रुम्यान, रेथियोन र जनरल डाइनामिक्स शीर्ष पाँच स्थानमा छन्। यी कम्पनीले एक वर्षमा कुल १६६ अर्ब डलरका हतियार बेचेका थिए। 

शीर्ष २५ हतियार निर्मातामध्ये १२ वटा अमेरिकी छन्। हतियार बजारमा यी कम्पनीको हिस्सा ६१ प्रतिशत छ। 

Laxmi sunrise bank
kumari

चीनको उदय

गत वर्ष १६ प्रतिशत हतियार बिक्रीका साथ चीन दोस्रो स्थानमा रह्यो। शीर्ष २५ मध्ये चीनका चार कम्पनी छन्। यी कम्पनीले सन् २०१९ मा ५६.७ अर्ब डलर मूल्यका हतियार बेचेका छन्।

ती कम्पनीहरु एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइन, चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पोरेसन, चाइना नर्थ इन्डस्ट्री ग्रुप कर्पोरेसन र चाइन साउथ इन्डस्ट्रिज ग्रुप कर्पोरेशन हुन्।

सिपरीका वरिष्ठ अनुसन्धानकर्ता नान तियानले भनेका छन्, ‘चीनका हतियार कम्पनीले पिपुल्स लिबरेसन आर्मीको आधुनिकीकरण कार्यक्रमबाट फाइदा उठाइरहेका छन्।’

शीर्ष २५ कम्पनीमा चीनका अरू धेरै कम्पनीलाई सामेल गर्न सकिन्थ्यो तर, ‘सन्तोषजनक र सही तथ्यांक’ को कमीका कारण ती कम्पनीलाई सामेल गर्न सम्भव भएन। 

मध्यपूर्वमा पनि क्लबमा सामेल

पहिलो पटक मध्यपूर्वी हतियार कम्पनी पनि शीर्ष २५ मा सामेल भएका छन्। संयुक्त अरब एमिरेट्सको कम्पनी यो सूचीको २२ औं स्थानमा छ। 

भारतलाई राफाल लडाकु विमान बेच्ने फ्रान्सको कम्पनी दासों एभिएसन ग्रुपले पनि पहिलो पटक शीर्ष २५ हतियार कम्पनीको सूचीमा स्थान बनाएको छ। 

दासोंको वार्षिक हतियार विक्री पनि १०५ प्रतिशतले बढेको छ।

सीपरीका अनुसार दासोंं यो सूचीमा पर्नुको प्रमुख कारण उसले राफेल लडाकु जेट निर्यात गर्न सक्नु नै हो।  रोयटर्स 
 

प्रकाशित: Dec 07, 2020| 09:24 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।