आइतबार, वैशाख २७, २०८३

अफगानिस्तानमा सुरक्षा कारबाहीमा २८ तालिबानीको मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा सुरक्षा कारबाहीमा २८ जना तालिबानी मारिएका छन्। 
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

काबुल– अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा सुरक्षा कारबाहीमा २८ जना तालिबानी मारिएका छन्।  

National life

उरुज्गान र कान्दाहार प्रान्तमा अफगानिस्तानको सेनाले हवाई तथा स्थल मार्गबाट कारबाही गरेको थियो।

उरुजगानको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी ती तालिाबानी लडाकू मारिएका बताइएको छ। 

ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबानी लडाकू समूहले आक्रमण गरेका थिए। उक्त आक्रमणपछि सुरक्षाबलले गरेको कारबाहीमा तालिबानी समूहका लडाकू मारिएका हुन्।

कारबाहीका क्रममा सुरक्षाबलले युद्धविमान समेत प्रयोग गरेको जनाइएको छ। कारबाहीका क्रममा केही लडाकु घाइते भएका जनाइएको छ। 

सुरक्षा बलतर्फ भने कुृनै हताहत नभएको र यस क्षेत्रमा तालिबानविरुद्धको कारबाही भने जारी रहेको बताइएको छ। कान्दाहार प्रान्तको मारोफ जेराई भन्ने जिल्लामा पछिल्ला केही दिनहरुमा तालिबानहरुले हिंसात्मक क्रियाकलाप गरिरहेका छन्।  रासस

प्रकाशित: Dec 07, 2020| 07:05 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।