सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • सन् २०३० सम्म एक अर्ब मानिस गरिबीको चपेटामा पर्नेछन् : संयुक्त राष्ट्रसंघ

सन् २०३० सम्म एक अर्ब मानिस गरिबीको चपेटामा पर्नेछन् : संयुक्त राष्ट्रसंघ

अबको १० वर्षपछि संसारमा एक अर्ब मानिस अति विपन्न हुन सक्ने आँकलन राष्ट्रसंघको छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

संयुक्त राष्ट्रसंघ – कोरोना भाइरस महामारीको दीर्घकालीन परिणामस्वरुप सन् २०३० सम्म थप २० करोड ७० लाख मानिस अति गरिबीको चपेटामा पर्ने भविष्यवाणी संयुक्त राष्ट्रसंघले गरेको छ। 

यस्तो अवस्था आयो भने अबको १० वर्षपछि संसारमा एक अर्ब मानिस अति विपन्न हुन सक्ने आँकलन राष्ट्रसंघको छ।

राष्ट्रसंघको उक्त अध्ययनमा कोरोना भाइरसका कारण सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्न देखा पर्ने चुनौती र त्यसपछिको दशकमा पर्ने बहुआयामिक प्रभाव पर्ने चेतावनी दिएको छ।

अध्ययन यूएनडीपी र डेनवर विश्वविद्यालयले संयुक्त रुपमा गरेका थिए। 

अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘कोरोना महामारीको गम्भीर एवम् दीर्घकालीन असरका कारण २०३० सम्म २० करोड ७० लाख मानिस अति गरिबीमा पर्नेछन्।’ एएफपी
 

प्रकाशित: Dec 07, 2020| 05:32 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।