बुधबार, भदौ ३१, २०८३

सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लेटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा संचालन गरेको हो । 
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको चौधौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा शनिबार केन्द्रीय कार्यालय भवन दरवारमार्गमा सम्पन्न भएको छ । 

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लेटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा संचालन गरेको हो । 

यस अवसरमा आ.व. २०७६–७७ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित भएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तको एफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७६–७७ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको बैैकले जनाएको छ ।

त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७६–७७ को वितरण योग्य मुनाफाबाट ८ प्रतिशतका दरले हुन आउने रु. ७२ करोड ७१ लाख ८५ हजार ३८३ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने रु. २७ करोड २६ लाख ९४ हजार ५१८ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७६–७७ सम्ममा रु. ९२ अर्ब ५९ करोड निक्षेप संकलन गरेको छ भने रु. ८१ अर्ब २८ करोड ऋण प्रवाह गरेको छ । बैंकले सोही अवधिभित्र रु १ अर्ब ११ करोड खुद मुनाफा आर्जन गरेको छ । 


 

प्रकाशित: Dec 06, 2020| 08:38 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्