बिहीबार, फागुन २८, २०८२

कोरोना भ्याक्सिनका लागि फाइजरले भारतसँग माग्यो अनुमति

औषधि निर्माता कम्पनी फाइजरले कोरोना भ्याक्सिनको आपतकालीन प्रयोगका लागि भारतसँग अनुमति मागेको छ।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– औषधि निर्माता कम्पनी फाइजरले कोरोना भ्याक्सिनको आपतकालीन प्रयोगका लागि भारतसँग अनुमति मागेको छ।

National life

कम्पनीले आफूले तयार गरेको भ्याक्सिन लगाउन भारतको औषधि नियामक निकायसँग अुनमति मागेको हो। 

फाइजरको कोरोना भ्याक्सिन लगाउन बेलायत र बहराइनले अनुमति दिइसकेका छन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार फाइजर इन्डियाले ४ डिसेम्बरमा डीसीजीआईलाई पत्र लेख्दै भ्याक्सिनको आपतकालीन प्रयोगका लागि आवेदन दिएको छ। 

गएको बुधबार बेलायतले फाइजर–बायोएनटेकको कोरोना भ्याक्सिन आम प्रयोगका लागि अनुमति दिएको थियो। कुनै पनि कोरोना भ्याक्सिनलाई आम प्रयोगका लागि अनुमति दिने बेलायत विश्वको पहिलो देश हो।

Laxmi sunrise bank
kumari

फाइजरले अमेरिकासँग पनि भ्याक्सिन प्रयोगको अनुमति मागिसकेको छ। 

फाइजरको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ। तर, समस्या के छ भने यो भ्याक्सिन माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने हुन्छ। यो भ्याक्सिन एक जनलाई दुई डोज दिइनेछ। 

भारतमा अहिलेसम्म ५ वटा कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल माथिल्लो चरणमा पुगेको छ। 
 

प्रकाशित: Dec 06, 2020| 06:26 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।