बिहीबार, फागुन २८, २०८२

चीनले गाड्यो चन्द्रमामा आफ्नो झण्डा

अमेरिकी सफलताको ५० वर्षपछि चीनले चन्द्रमाको सतहमा चिनियाँ झन्डा गाडेको हो ।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं- तेस्रो प्रयासमा चीनले आफ्नो देशको झण्डा चन्द्रमामा गाडेको छ ।

National life

अमेरिकी सफलताको ५० वर्षपछि चीनले चन्द्रमाको सतहमा चिनियाँ झन्डा गाडेको हो । यसअघिका दुईवटा चिनियाँ अन्तरिक्ष मिसनमा झन्डा गाड्ने प्रयास गरेपनि तिनीहरु सतहमा अडिन सकेका थिएनन् ।

यसपटक चीनले त्यो सफलता पाएको सिन्वाहले जनाएको छ । उसका अनुसार चिनियाँ झन्डाले ५० वर्ष अगाडिको अपोलो मिसनका बेलाको उत्साह र प्रेरणाको झल्को दिएको छ । 

चीनको नेशनल स्पेस विभागले चन्द्रमा गाडिएको झन्डाको तस्बिर सार्वजनिक गरेको हो । चन्द्रमा गाडिएको झन्डालाई चिसो, तातो सबै तापमानबाट सुरक्षित राख्न विभिन्न आधुनिक फिचरयुक्त सुरक्षा दिइएको बताइएको छ । 

सन् १९६९ को अपोलो ११ मिसनमा अमेरिका चन्द्रमामा झन्डा गाड्ने विश्वकै पहिलो देश बनेको थियो ।

Laxmi sunrise bank
kumari

त्यसपछि पनि अमेरिकाले विभिन्न मिसन अन्र्तगत १९७२ सम्म पाँचवटा झन्डा गाडेको थियो ।

२०१२ मा नासाको स्याटलाइट तस्बिरले ती पाँचैवटा अमेरिकी झन्डा स्थिर रुपमा रहेको तस्बिर सार्वजानिक गरेको थियो ।

 

प्रकाशित: Dec 06, 2020| 03:38 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।