सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चिनियाँ कोइला खानीमा भूमिगत ग्यास चुहावट हुँदा कम्तीमा १८ जनाको मृत्यु

चिनियाँ कोइला खानीमा भूमिगत ग्यास चुहावट हुँदा कम्तीमा १८ जनाको मृत्यु

चीनको दक्षिण पश्चिमी प्रान्तको एक कोइला खानीमा कार्बन माेनोअक्साइड ग्यास चुहावट भएका कारण कम्तीमा १८ श्रमिकको मृत्यु भएको छ।
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

चीन। चीनको दक्षिण पश्चिमी प्रान्तको एक कोइला खानीमा कार्बन माेनोअक्साइड ग्यास चुहावट भएका कारण कम्तीमा १८ श्रमिकको मृत्यु भएको छ।

चिनियाँ समाचार संस्थाहरूका अनुसार चोङछिङ सहरको डायोसुइडोङस्थित कोइला खानीमा शुक्रबार भएको उक्त घटनामा खानीमा काम गरिरहेका कम्तीमा २४ जना फसेका थिए। 

खानीमा फसेका अझै पाँच व्यक्तिलाई बाहिर ल्याउनका लागि उद्धार कार्य जारी रहेको राज्य सञ्चालित चिनियाँ टेलिभिजन सीसीटीभीले जानकारी गराएको छ।

शनिबारसम्म एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ भने १८ जनाको मृत शरीर खानीबाहिर ल्याइएको छ।

करिब दुई महिनादेखि बन्द अवस्थामा रहेको उक्त खानी केही दिन पहिले मात्र सञ्चालनमा आएको थियो।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उक्त खानीमा सन् २०१३ मा तीन व्यक्तिको मृत्यु भए पनि खानीलाई सुरक्षित मानिँदै आइएको थियो। घटनाबारे अनुसन्धानका लागि सरकारले अनुसन्धान टोली गठन गरिसकेको छ।

भूमिगत खानीभित्र पहिरो जाँदा र ग्यास चुहावटका कारण मृत्यु हुनुलाई खानीभित्र अपनाउनुपर्ने आवश्यक सुरक्षा सावधानी नअपनाउनु नै प्रमुख कारण मानिन्छ।

चीनमा खानीभित्र यस प्रकारका दुःखद दुर्घटना हुनुलाई खानी सञ्चालन गर्ने उद्योग तथा कम्पनीको लापरबाहीका रूपमा लिने गरिन्छ। 

चोङछिङको एक अर्को खानीमा सेप्टेम्बरमा आगलागी हुँदा कम्तीमा १६ व्यक्तिको मृत्यु भएको थियो। रासस

प्रकाशित: Dec 05, 2020| 13:32 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।