बिहीबार, भदौ २५, २०८३

गोकर्णेश्वरमा दाहाल-नेपाल समूहको भेला

अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले शनिबार काठमाडौंको गोकर्णेश्वरमा भेला आयोजना गरेको छ। 
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

काठमाडौं-  सत्तारूढ नेकपालभित्रको विवाद तल्लो तहसम्म पुगेको छ। दोस्रो स्तरका नेता तथा पार्टीका भ्रातृ संगठनहरुले पनि गुटगत भेला भइरहेका छन्। 

यसै क्रममा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले शनिबार काठमाडौंको गोकर्णेश्वरमा भेला आयोजना गरेको छ। 

काठमाडौं ३ नम्बर क्षेत्रको उक्त भेलालाई बाग्मती प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, बागमती प्रदेश अध्यक्ष एवं केन्द्रीय सदस्य नारायण दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा काठमाडौं क्षेत्र नम्बर ३ ले जनाएको छ।

पार्टीभित्र देखिएको विवादका बारेमा नेता कार्यकर्तालाई जानकारी दिन भेला आयोजना गरिएको बताइएको छ।

हिजो थापाथली क्याम्पसमा दाहाल नेपाल समूहले युवा–विद्यार्थी भेलाको आयोजना गरेको थियो।

प्रकाशित: Dec 05, 2020| 07:18 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।