बिहीबार, भदौ २५, २०८३

सचिवालय बैठकअघि ओली र दाहालबीच छलफल

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न केही बेरअघि बालुवाटार प्रवेश गरेका छन्।
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न केही बेरअघि बालुवाटार प्रवेश गरेका छन्।  

अध्यक्ष दाहाल ओलीसँग छलफल गर्न बालुवाटार गएकाे दाहालका प्रेस संयाेजक विष्णु सापकाेटाले बताए।

दुई अध्यक्षबीच पार्टीमा उत्पन्न विवाद समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको उच्च स्रोतले बतायो। 

उनीहरुबीच छलफल सकिएपछि नेकपा सचिवालय बैठक बस्नेछ। बैठक १ बजेका लागि डाकिएको छ।

ओली र दाहालसँगको छलफलमा नेकपा महासचिव विष्णु पौडेल तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि सहभागी छन्।
दुई अध्यक्षबीच कात्तिक २५ गतेपछि छलफल भएको हो। दुई अध्यक्षबीच पार्टीमा उत्पन्न विवाद समाधानको खाका तय हुन सक्ने बताइएको छ।

प्रकाशित: Dec 05, 2020| 07:03 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।