बिहीबार, असोज २२, २०८३

प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली

काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीमार्फत ४३ करोड २६ लाख  ५५ हजार ५७२ रुपैयाँ राजस्व असुल गरेको छ। 
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

काठमाडौं– काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीमार्फत ४३ करोड २६ लाख  ५५ हजार ५७२ रुपैयाँ राजस्व असुल गरेको छ। 

गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व सङ्कलन शुरु गरेको कामपाले सबैभन्दा बढी वहाल करमा रु २१ करोड ५० लाख असुल गरेको हो।

त्यसैगरी सम्पत्ति करमा रु १० करोड ७१ लाख र व्यवसाय करमा रु चार करोड ४४ लाख असुल गरेको कामपाले जानकारी गराएको छ। 

अहिलेसम्मा सबैभन्दा बढी वडा नं १ बाट तीन करोड सात लाख ५५ हजार, २६ बाट २२ करोड ३५ लाख ५२ हजार र  सबैभन्दा कम वडा नं १८ बाट चार लाख ९८ हजार रुपैयाँ असुल भएको कामपा राजस्व विभाग प्रमुख शिवराज अधिकारीले जानकारी दिए। 

अनलाइन प्रणालीले कर तिर्नका लागि कार्यलयसम्म आउनुपर्ने र आएर पनि लाइन बस्नुपर्ने समस्याको अन्त्य भएको उनको भनाइ छ।  

रासस 

प्रकाशित: Dec 05, 2020| 04:31 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्